१६ वर्षे युवकले सलमान खानको घर बमले उडाइदिने धम्की दिँदै भने, ‘रोक्न सके रोक’

भारतको गजियाबादका १६ वर्षका एक युवकले मुम्बई पुलिसलाई इमेल पठाएर सलमान खानको घरलाई बमले उडाइदिने धम्की दिए ।
हिन्दुस्तान टाइम्समा छापिएको रिपोर्ट अनुसार यो इमेल डिसेम्बर ४ मा पठाइएको थियो । इमेलमा ती युवकले लेखेका थिए, ‘बान्द्राको ग्यालेक्सी, सलमान खानको घरमा अबको दुई घण्टामा बिस्फोट हुँदैछ, रोक्न सके रोक । इमेल पाएपछि पुलिसको होस् उड्यो र तुरुन्त आफ्नो कारवाही सुरु गर्यो । बान्द्रा पुलिस बम डिटेक्सन र डिस्पोजल स्क्वाडसहित सलमानको घर पुगे ।’
सलमान आफ्नो परिवारसँग मुम्बईको बान्द्रा इलाकामा ग्यालेक्सी अपार्टमेन्टमा बस्छन् ।
चार घण्टा चल्यो छानबीनः
भारतीय संचार माध्यममा प्रकाशित समाचार अनुसार पुलिस जब घर पुग्यो तब सलमान त्यहाँ थिएनन् तर उनका पिता सलिम खान, आमा सलमा र बहिनी अर्पितालाई सुरक्षित स्थानमा राखेर घरको अनुसन्धान गरियो । अनुसन्धान चार घण्टासम्म चल्यो । सुक्ष्म अनुसन्धान गर्दा पनि केही नपाएपछि इमेल झुटो भएको थाहा भयो । त्यसपछि ती व्यक्तिको खोजीकार्य सुरु भयो । प्राविधिकको सहयोगमार्फत् एक युवकले गाजियाबादबाट उक्त इमेल पठाएको पत्ता लाग्यो ।
फरार थिए युवकः
जब पुलिस उनको घर पुग्यो तब उनी फरार भइसकेका थिए । पुलिसले उनका दाइलाई घटनाबारे पूर्ण जानकारी दिएर उनलाई घर फिर्ता हुन बाध्य बनायो । त्यसपछि पुलिसले ती युवकलाई बान्द्राको पुलिस स्टेशनमा आत्मसमर्पणका लागि नोटिस पठाए र त्यसपछि उनलाई जुवेनाइल कोर्टमा पेश गरेपछि रिहा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार
-
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश
-
कम्बोडियामा पक्राउ परे ज्योति भण्डारी, नेपाल झिकाउन इन्टरपोल मार्फत पत्राचार
-
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो
-
सामाजिक सञ्जालमा नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने एक जना पक्राउ
-
सहसचिवको दरबन्दीमा सीडीओ बनेका उपसचिवहरू तानिए, अझै रित्तिएन जगेडा