१६ वर्षे युवकले सलमान खानको घर बमले उडाइदिने धम्की दिँदै भने, ‘रोक्न सके रोक’
भारतको गजियाबादका १६ वर्षका एक युवकले मुम्बई पुलिसलाई इमेल पठाएर सलमान खानको घरलाई बमले उडाइदिने धम्की दिए ।
हिन्दुस्तान टाइम्समा छापिएको रिपोर्ट अनुसार यो इमेल डिसेम्बर ४ मा पठाइएको थियो । इमेलमा ती युवकले लेखेका थिए, ‘बान्द्राको ग्यालेक्सी, सलमान खानको घरमा अबको दुई घण्टामा बिस्फोट हुँदैछ, रोक्न सके रोक । इमेल पाएपछि पुलिसको होस् उड्यो र तुरुन्त आफ्नो कारवाही सुरु गर्यो । बान्द्रा पुलिस बम डिटेक्सन र डिस्पोजल स्क्वाडसहित सलमानको घर पुगे ।’
सलमान आफ्नो परिवारसँग मुम्बईको बान्द्रा इलाकामा ग्यालेक्सी अपार्टमेन्टमा बस्छन् ।
चार घण्टा चल्यो छानबीनः
भारतीय संचार माध्यममा प्रकाशित समाचार अनुसार पुलिस जब घर पुग्यो तब सलमान त्यहाँ थिएनन् तर उनका पिता सलिम खान, आमा सलमा र बहिनी अर्पितालाई सुरक्षित स्थानमा राखेर घरको अनुसन्धान गरियो । अनुसन्धान चार घण्टासम्म चल्यो । सुक्ष्म अनुसन्धान गर्दा पनि केही नपाएपछि इमेल झुटो भएको थाहा भयो । त्यसपछि ती व्यक्तिको खोजीकार्य सुरु भयो । प्राविधिकको सहयोगमार्फत् एक युवकले गाजियाबादबाट उक्त इमेल पठाएको पत्ता लाग्यो ।
फरार थिए युवकः
जब पुलिस उनको घर पुग्यो तब उनी फरार भइसकेका थिए । पुलिसले उनका दाइलाई घटनाबारे पूर्ण जानकारी दिएर उनलाई घर फिर्ता हुन बाध्य बनायो । त्यसपछि पुलिसले ती युवकलाई बान्द्राको पुलिस स्टेशनमा आत्मसमर्पणका लागि नोटिस पठाए र त्यसपछि उनलाई जुवेनाइल कोर्टमा पेश गरेपछि रिहा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण