पाँच फिटसम्म हिउँ जमेपछि बाजुराको जनजीवन प्रभावित
सदरमुकाम मार्तडीसहित हिमाली क्षेत्रमा परेको हिमपातका कारण चिसो बढेसँगै दैनिक जनजीवन प्रभावित बनेको छ । चिसोका कारण स्थानीय बजार बन्द छन् भने ग्रामीण क्षेत्रमा आवतजावत रोकिएको छ ।
हिमपातले एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क टुटेको छ भने हिमाली क्षेत्रमा रहेका विद्यालय बन्द गरिएका छन् । शनिबार घाम लागे पनि घर बाहिर आएर हिँडडुल गर्न समस्या देखिएको हो । हिमपातले चिसो बढाए पनि कृषि उत्पादनमा सहयोग पुगेको किसानको भनाइ छ ।
बडिमालिका र बूढीनन्दा नगरपालिकाको सिमानामा पर्ने पोरखे लेकमा भएको भारी हिमपातले गर्दा बाजुरा जिल्लाको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ । जिल्लाका अधिकांश स्थानमा चार÷पाँच फिटसम्म हिउँ जमेकाले हिँडडुलमा समेत समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए ।
मार्तडी–कोल्टी सडक पूर्णरूपमा बन्द भएको छ भने आवतजावत पनि रोकिएको छ । मार्तडीबाट कोल्टी र कोल्टीबाट मार्तडी आउने सवारी साधन ढम्कने र पाण्डुसैनमा रोकिएका छन् । गौमुल र कोल्टीसम्मको सडकमा हिमपात बढी भएकाले जीप सञ्चालन हुन नसकेको यातायात व्यवसायी मदन महतले बताए ।
बाजुरासहित आसपासका जिल्लाको सञ्चार शनिबार बिहानदेखि पूर्णरूपमा बन्द भएको छ । अप्टिकल फाइबरमा आएको खराबी र हिमपातले टेलिफोनको टावरमा पु¥याएको समस्याका कारण बाजुरासहितका आसपासका जिल्लाको टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम शाखा बाजुराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई करोड पचास लाखमा निर्मित ‘स्केटिङ पार्क’ सञ्चालनमा
-
सन्दीपको मुद्दामा आज पनि सुनुवाइ
-
आज यी पाँच प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?