नेकपा स्थायी समिति बैठक : झलनाथ ५ मिनेट ढिलो पुगे, ओलीको कुर्सी खाली राखेर सुरु भयो बैठक
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक पार्टी कार्यालय धुम्वाराहीमा सुरु भएको छ ।
एक वर्षपछि बसेको स्थायी समिति बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन् । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली भने उपस्थित छैनन् ।
यसअघि आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा केहीबेर सहभागी भएका ओली धुम्बराहीको बैठकमा सहभागी नभएका हुन् । ओली सोमबारको बैठकमा पनि उपस्थित हुने सम्भावना नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘प्रधानमन्त्री अझै पनि रेस्टमै भएकाले स्थायी कमिटि बैठकमा सहभागी नहुनुभएको हो । यद्यपी दुवै अध्यक्षबीच निरन्तर छलफल भइरहेको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका नेकपाको प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए ।
४५ सदस्यीय नेकपाको स्थायी समितिका अधिकांश सदस्य सहभागी भएका छन् । बैठकको अग्रभागमा सचिवालय सदस्यहरु बसेका छन् । जसमा प्रधानमन्त्री समेत रहेका ओलीका लागि पनि कुर्सी भने तयारी अवस्थामा राखिएको छ । उपप्रधानमन्त्री समेत रहेका रक्षा मन्त्री ईश्वर पोखरेल र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको बीचमा ओलीका लागि कुर्सी छुट्याइएको छ । तर उनको कुर्सी खाली देखिन्छ ।
त्यस्तै वरिष्ठ नेता झलनाथ खनाल पनि निर्धारित समयभन्दा केही ढिलो पुगेकाले उनको कुर्सी पनि खाली देखिएको छ । खनाल बैठक सुरु भएको ५ मिनेटपछि पुगेको उनका प्रेस सहयोगी कृष्ण भट्टराईले जानकारी दिए ।
बैठकका लागि पार्टीको सचिवालयले पाँच एजेन्डा तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
