मनाङ मर्स्याङ्दी जापानसँग पराजित
काठमाडौं । रेलिगेशन विनाको ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लब जापानको जेएफएल यु–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा आइतबार पराजित भएको छ ।
दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएको जापानी क्लबले सुखद नतिजा निकाल्दै स्वदेश फर्किने भएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको कृत्रिम मैदानमा मनाङले पाहुना टोली जेएफएललाई ३–० को नतिजा सुम्पिएको हो । भ्रमणकारी टोली जापानको टोलीलाई जिताउन जिन सिओयाले दुई तथा मासाहिको सुगिताले एक गोल गरे ।
यसअघि पहिलो खेलमा नेपाल निलोमाथि ४–० को जित निकाल्दै मनोबल बटुलेको जापानी भ्रमण टोलीका लागि सिओयाले २८औं मिनेटमा गोल गर्दै अग्रता बुनेका थिए । ३४ औं मिनेटमा सिओयाले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । पछि परेसँगै खेलमा फर्किन संघर्ष गरेको मनाङले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरे पनि सफल हुन सकेन ।
दोस्रो हाफको अन्तिमतिर आक्रामक देखिएको मनाङ अगाडि बढेको मौकाको फाइदा उठाउँदै जापानी टोलीले अग्रतालाई झन फराकिलो पारेको थियो । खेल सकिन ३ मिनेट बाँकी रहँदा जापानका लागि सुगिताले गोल थप्दै जित सुनिश्चित गरेका थिए ।
यस अघि मनाङको कप्तान सम्हाल्दै आएका विराज महर्जन सहित केही खेलाडी अन्य ‘ए’ डिभिजन क्लबमा आबद्ध भएपछि कमल श्रेष्ठले मनाङको कप्तानी सम्हालेका थिए । शनिबारबाट सुरु भएको नयाँ सिजनको लिगमा मनाङले सोमबार विभागीय टोली एपिएफसँग खेल्दै लिगको सुरुआत गर्दै छ । मैत्रीपूर्ण खेलमा मनाङले भर्खरै मात्र अष्ट्रेलियाबाट आएका जगजित श्रेष्ठ र आदित्य चौधरीलाई भने मैदान उत्रारेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पल शाहले किन सार्वजनिक गरे प्रहरीसँग मुठभेडको तस्बिर ?
-
‘अर्थतन्त्र चलायमान बनाउने लक्ष्यसहित बजेट आउँछ’
-
माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
-
महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न
-
थलीमा मृत भेटिएका कृष्ण नगरकोटीको घाँटीमा चोट
-
टिकटकमा भाइरल किमको गीतसँग किन डरायो दक्षिण कोरिया ?