मनाङ मर्स्याङ्दी जापानसँग पराजित
काठमाडौं । रेलिगेशन विनाको ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लब जापानको जेएफएल यु–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा आइतबार पराजित भएको छ ।
दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएको जापानी क्लबले सुखद नतिजा निकाल्दै स्वदेश फर्किने भएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको कृत्रिम मैदानमा मनाङले पाहुना टोली जेएफएललाई ३–० को नतिजा सुम्पिएको हो । भ्रमणकारी टोली जापानको टोलीलाई जिताउन जिन सिओयाले दुई तथा मासाहिको सुगिताले एक गोल गरे ।
यसअघि पहिलो खेलमा नेपाल निलोमाथि ४–० को जित निकाल्दै मनोबल बटुलेको जापानी भ्रमण टोलीका लागि सिओयाले २८औं मिनेटमा गोल गर्दै अग्रता बुनेका थिए । ३४ औं मिनेटमा सिओयाले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । पछि परेसँगै खेलमा फर्किन संघर्ष गरेको मनाङले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरे पनि सफल हुन सकेन ।
दोस्रो हाफको अन्तिमतिर आक्रामक देखिएको मनाङ अगाडि बढेको मौकाको फाइदा उठाउँदै जापानी टोलीले अग्रतालाई झन फराकिलो पारेको थियो । खेल सकिन ३ मिनेट बाँकी रहँदा जापानका लागि सुगिताले गोल थप्दै जित सुनिश्चित गरेका थिए ।
यस अघि मनाङको कप्तान सम्हाल्दै आएका विराज महर्जन सहित केही खेलाडी अन्य ‘ए’ डिभिजन क्लबमा आबद्ध भएपछि कमल श्रेष्ठले मनाङको कप्तानी सम्हालेका थिए । शनिबारबाट सुरु भएको नयाँ सिजनको लिगमा मनाङले सोमबार विभागीय टोली एपिएफसँग खेल्दै लिगको सुरुआत गर्दै छ । मैत्रीपूर्ण खेलमा मनाङले भर्खरै मात्र अष्ट्रेलियाबाट आएका जगजित श्रेष्ठ र आदित्य चौधरीलाई भने मैदान उत्रारेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण