करिम बेन्जेमाले रियललाई हारबाट जोगाए
करिम बेन्जेमाले इन्जुरी समयको अन्तिम मिनेटमा गोल फर्काएपछि स्पेनिस जाइन्ट किलर रियल म्याड्रिड सम्भावित हारबाट जोगिएको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
यस बराबरीसँगै रियलले शीर्ष स्थान ओगट्ने मौका गुमाएको छ । भ्यालेन्सियाको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
भ्यालेन्सियाले ७८औं मिनेटमा सुरुवाती गोल गरेको थियो । कार्लाेस सोलेरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि हारको नजिक पुगेको रियलले इन्जुरी समयमा गोल फर्काएको थियो ।
करिम बेन्जेमाले गोल गर्दै रियललाई हारबाट जोगाए । बराबरीसँगै दोस्रो स्थानमा रहेको रियलले १६ खेलबाट ३५ अंक बनाएको छ ।
शीर्षस्थानको बार्सिलोना समान ३५ अंक सहित गोलअन्तरका आधारमा अगाडी छ । रियलसँग अंक बाँडेको भ्यालेन्सिया २७ अंक सहित आठौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण