वेस्ट इन्डिजसँग घरमै हार्यो भारत
सिमरोन हेटमायर र साइ होपले उत्कृष्ट शतक प्रहार गरेपछि तीन ओडीआई सिरिज अन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजले भारतलाई आठ विकेटले पराजित गरेको छ ।
चेन्नईमा आइतबार राति भएको खेलमा भारतले दिएको दुई सय ८८ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४७.५ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । भारतलाई हराउन वेस्ट इन्डिजका साइ होप र सिमरोन हेटमायरले सानदार शतक बनाए ।
ओडीआई करियरको पाँचौ शतक बनाएका हेटमायरले एक सय ३९ रन बनाए । ओपनर साइ होपले अविजित एक सय दुई रन बनाए । होपको यो ओडीआईमा आठौं शतक हो । निकोलस पुरनले अविजित २९ रन बनाएका थिए । भारतका दीपक चाहार र मोहम्मद शामीले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८७ रन बनाएको थियो । भारतका विकेटकीपर ऋषभ पन्तले ७१ र श्रेयस ऐरले ७० रन बनाए । केदार जाधवले ४०, रोहित शर्माले ३६ र रविन्द्र जडेजाले २१ रन बनाए ।
वेस्ट इन्डिजका शेल्डन कट्रेल, किमो पल र अल्जारी जोशेफले दुई दुई विकेट लिए । काइरोन पोलार्डले एक विकेट हात पारे । दोस्रो ओडीआई बुधबार हुनेछ । यसअघि तीन टी–२० सिरिज भारतले २–१ ले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
-
विनियाेजन विधेयक पारित हुँदै गर्दा संसद्मा जे देखियाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण