बिग बासमा सन्दीपको टोली मेलबर्न विजयी
एजेन्सी । अस्ट्रेलियन बिग बास टी–२० लिग क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोली मेलबर्न स्टार्सले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको खेलमा मेलबर्नले ब्रिसबेन हिटलाई २२ रनले हरायो । टस हारेर पहिले ब्याटिङ गरेको मेनबर्नले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो । १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको ब्रिसबेन निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४५ रनमा समेटिएको थियो ।
ब्रिसबेनका लागि टोम ब्यान्टोनले सर्वाधिक ६४ रन बनाए । म्याट रेन्सले ३९ रन बनाएका थिए । मेलबर्नका लागि सन्दीपले एक विकेट लिए । आडम जाम्पाले तीन विकेट लिए । हरिस रौफ र ड्यानिएल वोरलले दुई दुई विकेट लिएका थिए । यसअघि मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले सर्वाधिक ८३ रन बनाएका थिए । पिटर ह्यान्डस्कम्बले २०, हिल्टन कोर्टराइटले १८ र बेन डंकले ११ रन बनाए । ब्रिसबेनका लागि प्रयोग गरिएका ६ नै जना बलरले एकएक विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण