एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगिताः मिनु फाइनलमा, भुपेन्द्रले जिते रजत
शनिबार, ०५ पुस २०७६, १८ : ०६
काठमाडौँ । मिनु गुरुङ चीनको जिङयाङमा भएको एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेकी छन् ।
नेपालका लागि महिला ५४ केजीमा मिनु गुरुङले चाइनीजताइपेइकी मुक्केबाज ताओ यिङ–युलाई अंकका आधारमा हराउँदै उपाधि नजिक पुगेकी हुन् ।
२१ तारिखमा हुने उपाधि भिड्न्तमा मिनुले फिलिपिन्सीकी मुक्कोवाज नाइस जाओ डेटेक्लोसँग प्रतिस्पर्धा गर्ने संघका सदस्य श्याम अवालेले जनाएका छन् ।
पुरुष ६४ केजीमा नेपालका भुपेन्द्र थापाले रजत जितेका छन् । भुपेन्द्र फाइनलमा चाइनीज ताइपेइका मुक्केबाज वाङ जिया ज्यानसँग स्प्लीट डिसिजनका आधारमा ३–२ ले पराजित भएका थिए । रजत जितेका भुपेन्द्रले ५ सय डलर पनि हात पारेका सदस्य श्रेष्ठले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण