बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगिताः मिनु फाइनलमा, भुपेन्द्रले जिते रजत

शनिबार, ०५ पुस २०७६, १८ : ०६
शनिबार, ०५ पुस २०७६

काठमाडौँ । मिनु गुरुङ चीनको जिङयाङमा भएको एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेकी छन् । 

नेपालका लागि महिला ५४ केजीमा मिनु गुरुङले चाइनीजताइपेइकी मुक्केबाज ताओ यिङ–युलाई अंकका आधारमा हराउँदै उपाधि नजिक पुगेकी हुन् । 

२१ तारिखमा हुने उपाधि भिड्न्तमा मिनुले फिलिपिन्सीकी मुक्कोवाज नाइस जाओ डेटेक्लोसँग प्रतिस्पर्धा गर्ने संघका सदस्य श्याम अवालेले जनाएका छन् । 

पुरुष ६४ केजीमा नेपालका भुपेन्द्र थापाले रजत जितेका छन् । भुपेन्द्र फाइनलमा चाइनीज ताइपेइका मुक्केबाज वाङ जिया ज्यानसँग स्प्लीट डिसिजनका आधारमा ३–२ ले पराजित भएका थिए । रजत जितेका भुपेन्द्रले ५ सय डलर पनि हात पारेका सदस्य श्रेष्ठले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप