बिग ब्यास लिग : सन्दीपको टोली मेलबर्नको दोस्रो जीत
काठमाडौँ । नेपालका युवा लेगस्पीनर सन्दीप लामिछाने सम्मिलत टोली मेलबर्न स्टारर्सले लगातार दोस्रो जीत निकालेको छ । मेलबर्नले होबार्ट हरिकेन्सलाई ५२ रनले पराजित गरेको हो ।
जीतका लागि मेलबर्नले १ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेकोमा होबार्टले १६ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ११ रन बनाउन सक्यो ।
मेलबर्नलाई जीत दिलाउन ह्यारिस राउफले ५ विकेट लिए । त्यस्तै, ग्लेन म्याक्सवेल र एडम जाम्पाले २–२ विकेट लिए ।
३ ओभर बलिङ गरेर १८ रन खर्चेका सन्दीपले क्यालेब ज्वेलको महत्तवपूर्ण विकेट लिए ।
यसअघि पहिलो ब्याटिङ गरेको मेलबर्नका लागि मार्कस स्टोइनिसले विस्फोक ब्याटिङ गर्दै नटआउट रहेर ५४ बलमा ८१ रन बनाएका थिए । ४० रन बनाएका निक म्याडिसनसँग मिलेर उनले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए ।
मेलबर्नले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६३ रन बनायो ।
पहिलो खेलमा मेलबर्नले ब्रिसबेन हिटलाई २२ रनले हराएको थियो । दोस्रो जीतसँगै मेलबर्न ४ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ ।
यता, सन्दीपले दुई खेलमा दुई विकेट लिन सफल भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण