सनराइज बैंकको मास्टरकार्डसँग सहकार्य
काठमाडौं– सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजतालाई ध्यानमा राख्दै विभिन्न अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक जस्तै भिसा र युनियन पे ब्राण्डहरुसँंग सहकार्य गर्दै आएको छ । त्यसै क्रममा बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक मास्टरकार्डसँग सहकार्य गरेको छ ।
बैंकले यस अघि नै भिसा तथा युनियन पे ब्राण्डका कार्डहरु जारी गर्दै आफ्ना ए.टी.एम र पोइन्ट अफ सेलमार्फत भिषा कार्डहरु स्वीकार गर्दै आएको छ ।
सर्वसाधारणलाई विश्वस्तरिय सेवा दिने उद्देश्यका साथ बैकले आफ्नो ए.टी.एम मा मास्टरकार्डबाट पैसा निकाल्न सकिने व्यवस्था गरेको हो । यससँगैे स्वदेशी नागरिक तथा विदेशी पर्यटकलाई मास्टरकार्ड मार्फत रकम निकाल्न झनै सहज हुने भएको छ ।
नेपाल भ्रमण गर्ने अधिकांस यूरोपेली पर्यटकहरुले मास्टरकार्ड प्रयोग गर्ने गरेको तर उक्त ब्राण्डका कार्ड स्वीकार गर्ने ए.टी.एमहरु नेपालमा न्यून रहेका छन् । सनराइज बैंकको यस सेवाले पर्यटकहरुलाई ए.टी.एम मार्फत रकम निकाल्न सहज हुने विश्वास गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमानै बैंकले सुरु गरेको यो सेवाबाट समग्र पर्यटन क्षेत्र लाभान्वित हुने आशा बैंकले लिएको छ ।
अत्याधुनिक पेमेन्ट सिस्टमसहित नविनतम् सेवा दिने उद्देश्यका साथ बैंकले निकट भविष्यमा मास्टरकार्ड ब्राण्डका कार्ड जारी गर्ने तथा पोइन्ट अफ सेलमार्फत समेत मास्टरकार्ड स्वीकार गर्नको लागी आवश्यक पहल गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण