नेकपा नेताले पत्रकारलाई गुण्डा लगाएर कुटेको आरोप
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक नेताले पत्रकारलाई गुण्डा लगाएर कुटपिट गरेको आरोप लगाएको छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यसमिति सदस्य संगीन शर्मालाई नेकपाका ५ नम्बर प्रदेश समिति सदस्य पुजन विश्वकर्माले गुण्डा लगाएर कुटपिट गरेको आरोप लगाएको छ ।
यस विषयमा नेपाल पत्रकार महासंघले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पुस ६ गते बाँकेको कोहलपुरस्थित युगयान दैनिकको कार्यालय अगाडि बोलाएर विश्वकर्माले पत्रकार शर्मालाई गुण्डा लगाई कुटपिट गराएको महासंघको भनाइ छ ।
‘कुनै पनि बहानामा पत्रकारमाथि गुण्डा लगाई कुटपिट गरिएको यो घटना आफैंमा निन्दनीय र आपत्तिजनक छ । महासंघ दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकार सुरक्षामा गम्भीर बन्न स्थानीय प्रशासनसँग माग गर्दछ’, महासंघका महासचिव रमेश विष्टले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म