नेकपा नेताले पत्रकारलाई गुण्डा लगाएर कुटेको आरोप
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक नेताले पत्रकारलाई गुण्डा लगाएर कुटपिट गरेको आरोप लगाएको छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यसमिति सदस्य संगीन शर्मालाई नेकपाका ५ नम्बर प्रदेश समिति सदस्य पुजन विश्वकर्माले गुण्डा लगाएर कुटपिट गरेको आरोप लगाएको छ ।
यस विषयमा नेपाल पत्रकार महासंघले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पुस ६ गते बाँकेको कोहलपुरस्थित युगयान दैनिकको कार्यालय अगाडि बोलाएर विश्वकर्माले पत्रकार शर्मालाई गुण्डा लगाई कुटपिट गराएको महासंघको भनाइ छ ।
‘कुनै पनि बहानामा पत्रकारमाथि गुण्डा लगाई कुटपिट गरिएको यो घटना आफैंमा निन्दनीय र आपत्तिजनक छ । महासंघ दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकार सुरक्षामा गम्भीर बन्न स्थानीय प्रशासनसँग माग गर्दछ’, महासंघका महासचिव रमेश विष्टले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण