भोलिदेखि बुटवलमा औद्यौगिक व्यापार मेला
बुटवल । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुधबारदेखि २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ हुँदैछ । सोको पूर्व सन्ध्यामा मंगलबार जनचेतनामूलक मोटरसाईलक -याली प्रदर्शन गरिएको छ ।
-यालीको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले मुलुकको अर्थतन्त्र सुधारकालागि नीजि क्षेत्रको योगदान उल्लेखनीय रहेको बताए ।
उनले बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्न लागेको मेलाले यस क्षेत्रको अर्थतन्त्रलाई समेत चलायमान गराउने भएकाले मेलाको गरिमा कायम राख्नेगरी सञ्चालन गर्न समेत आग्रह गरे ।
त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले मेलामा भएको तयारीको बारेमा जानकारी गराउँदै नयाँ मेला सञ्चालन गर्न लागिएको ठाउँपनि भएको छोटो सयमका बीच पनि तयारीका काम पुरा गरिएको बताए ।
मेलाको तयारीको काम सबै सकिएको र बिहान ११ बजे उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण