फ्रेन्ड्समाथि मच्छिन्द्रको सहज जित
काठमाडौं । मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्रले ललितपुरको फ्रेन्ड्स क्लबलाई ३–० गोलले हरायो । राष्ट्रिय टोलीका स्टार खेलाडीको साथ पाएको मच्छिन्द्रले पहिलो हाफमा एक र दोस्रो हाफमा गोल गरेको थियो ।
मच्छिन्द्रका लागि अफ्रिकी खेलाडी पिटर सेगुनले २९ औं मिनेटमा सुरुवाती गोल गरे । डिबक्स भित्र फ्रेन्ड्सका रक्षकको गल्तीमा पिटरले हडमार्फत गोल गरेका थिए । दोस्रो हाफमा पनि उत्कृष्ट खेल खेलेको मच्छिन्द्रका लागि ५१ औं मिनेटमा अर्का विदेशी खेलाडी एडिलाजा सोमिडेले गोल गरे । एडिलाजाले कप्तान विराज महर्जनको पासमा गोल गरेका थिए । रेजिन सुब्बाले ८५ औं मिनेटमा तेस्रो गोल गर्दै टोलीलाई मच्छिन्द्रलाई सजिलै जिताए ।
यसपटक मच्छिन्द्रले मनाङका राम्रा खेलाडीलाई आफ्नो टोलीमा अनुबन्ध गरी लिग जित्ने लक्ष्य राखेको छ । यसैगरी ब्राजिलका प्रशिक्षक र तीनजना ब्राजिलकै खेलाडी टोलीमा राखेको फ्रेन्ड्सले भने सोचेजस्तो खेल खेल्न सकेको छैन ।
पहिलो हाफमा एउटा राम्रो मौका बनाएको फ्रेन्ड्सको प्रयासमा मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठ बाधक बनेका थिए । मच्छिन्द्रले खेलको अन्तिमसम्म फ्रेन्ड्सको पोस्टमा आक्रमण जारी राखेको थियो । लिगमा मच्छिन्द्रको यो दोस्रो जित हो । जितसँगै तीन खेलबाट ६ अंक बनाएको मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको छ । दुई खेलबाट ६ नै अंक बनाएको मनाङ गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।
अघिल्लो लिगका १३औं स्थानमा रहेका कारण यसपटक मच्छिन्द्रको एक अंक घटाईएको छ । पहिलो खेलमा ब्रिगेड ब्वाईजलाई हराएको मच्छिन्द्रले दोस्रो खेलमा च्यासलसँग बराबरी खेल्दै अंक बाँडेको थियो । लगातार तेस्रो हार खेपेको फ्रेन्ड्सले अंकको खाता खोल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण