प्रदेशको स्थायी राजधानी बुटवल नै उपयुक्त हुन्छ: काँग्रेस नेता खाँण
बुटवल । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक तथा पूर्वमन्त्री बालकृष्ण खाँणले ५ नम्बर प्रदेशको स्थायी राजधानी बुटवल तोक्न उपयुक्त हुने बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि शुरू भएको औद्यौगिक व्यापार मेलाको उद्घाटन गर्दै उनले प्रदेशको स्थायी राजधानी बुटवल नै बनाउनु दोहोर्याएका हुन् ।
उनले राजनीतिक, साँस्कृतिक र पर्यटकीय हिसाबले बुटवल नै स्थायी राजधानीका लागि उपयुक्त भएकाले काँग्रेस नेतृत्वको सरकारले अस्थायी राजधानी तोकेको बताए । प्रदेशसभा स्थापना भएको २ वर्ष पुग्न लाग्दा समेत प्रदेशको राजधानी र नामाकरणको विषय अझै अन्योलमा छ । त्यसलाई छिटै टुङ्ग्याउनु पर्नेमा उनले जोड दिए । राजधानी तथा नामाकरण विशेष समितिले प्रदेशसभालाई प्रतिवेदन बुझाएको छ । रुपन्देहीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित खाँणले भारतको समेत उदाहरण दिँदै बुटवल राजधानीको लागि उपयुक्त भएको बताए ।
भारतसँगको सहजता, अन्तर्राष्ट्रिय विमानस्थल जस्ता पूर्वाधारले बुटवल नै राजधानीका लागि उपयुक्त भएको उनले बताए । विश्वमा कुनै पनि राजधानी मध्यभागमै नभएको बताउँदै राजधानी सार्ने प्रपञ्च नगर्न उनको सुझाव छ । ‘प्रदेश १, प्रदेश ६ र ७ को राजधानी पनि मध्यभागमा छैन,’ नेता खाणले भने । रूपन्देही र प्रदेश ५ कै नागरिकको भावना बुटवल राजधानी बनाउनुपर्ने मत रहेको उनले बताए । आजदेखी शुरु भएको मेला पुस २३ गते सम्म चल्ने छ । मेलामा ५ लाख दर्शक र १५ करोड कारोवार हुने अपेक्षा आयोजकले गरेका छन् । मेला ५ सय स्टल राखीएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण