भारतीय सवारीसाधनका कारण जाम बढ्यो, आवतजावतमा रोक
बिहीबार, १० पुस २०७६, ०७ : ४५
पोखराको पर्यटकीय गन्तव्यमा भारतीय नम्बर प्लेटका गाडीलाई आवतजावतमा रोक लगाइएको छ ।
पोखरामा भारतीय सार्वजनिक सवारीका कारण बढेको ट्राफिक जाम र दुर्घटनलाई दृष्टिगत गरी त्यस्तो रोक लगाइएको जिल्ला प्रशासन कार्यालय, कास्कीले जनाएको छ ।
भारतीय चालकलाई पोखराका पर्यटकीय स्थलको सडकको अवस्थाबारे पूर्व जानकारी नहुने र स्थानीय व्यवसायमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखेर भारतीय गाडीलाई रोक लगाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए ।
उनका अनुसार निश्चित ठाउँमा भारतीय गाडी पार्किङ गराउने विषयमा ट्राफिक र यातायात व्यवसायीलाई निर्देशन दिइएको छ । यो समाचार आजको आर्थिक अभियानमा नरहरि पौड्यालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा ५ जनाको मृत्यु, १४ बेपत्ता
-
माधवसँगको छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय गर्ने
-
बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण