ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छाैँ : मन्त्री पटेल
जनकपुरधाम । मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्यामप्रसाद पटेलले ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
मुक्त हरवा चरवा समुदायका लागि जलवायु न्याय र सामाजिक समावेशीकरण विषयक मधेस प्रदेशस्तरीय दलित अधिकार सम्मेलनको आइतबार महोत्तरीको बर्दिवासमा उद्घाटन गर्दै मन्त्री पटेलले मधेसमा रहेका हरवा चरवाको समस्यालाई गम्भीर रूपमा लिइएको भन्दै र ऐन बनाएर छिट्टै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
हरवा चरवा समुदायको वास्तविक तथ्याङ्क सङ्कलन, प्रमाणीकरण गरी जीविकोपार्जनका कार्यक्रमका लागि प्रदेश सरकारले नीति कार्यक्रममा हरवा चरवा समुदायलाई सम्बोधन गरेको उल्लेख गर्दै मन्त्री पटेलले हरवा चरवाको समस्या दिगो रूपमा समाधान गर्न छुट्टै ऐन निर्माण गरिने जनाए।
विगतमा प्रदेश सरकारले हरवा चरवाको समस्या समाधान गर्न ऐन निर्माणको प्रक्रिया थालेपनि सरकार परिवर्तनका कारण रोकिएको बताउँदै उनले यथाशीघ्र ऐन बनाएर काम अघि बढाइने जानकारी दिए। हरवा चरवा दलित समुदाय सम्बृद्ध नभएसम्म मुलुक सम्बृद्ध हुन नसक्ने भएकाले दलित समुदायको जीवनस्तर सुधारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य गणेश विश्वकर्माले हरवा चरवा मुक्त घोषणा भएको चार वर्ष बितिसक्दा हरवा चरवाको अवस्था र नियति नफेरिएकाले मधेस प्रदेश सरकारले ठोस नीति बनाएर उचित सम्बोधन गर्नुपर्नेमा जोड दिए।
मधेस प्रदेशमा ठुलो समस्याका रूपमा देखिएको हरवा चरवाको समस्यालाई प्रदेश सरकारले गम्भीरता पूर्वक लिएर वास्तविक तथ्याङ्क सङ्कलन, प्रमाणीकरण र परिचयपत्र तथा जीविकोपनर्जनका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिँदै उहाँले यस समुदायको समस्या समाधान गर्न प्रदेश सरकारले प्रदेशस्तरीय समिति तत्काल गठन गर्नुपर्ने आवश्यकता औँल्याए।
राष्ट्रिय हरवा चरवा मञ्चका अध्यक्ष दशनलाल मण्डलले कानुनी रूपमा मुक्ति घोषणा भए पनि यो समुदाय अझै पहिचान, भूमिअधिकार, सामाजिक सुरक्षा, सम्मानजनक रोजगारी, आवास तथा आर्थिक पुनःस्थापनाबाट वञ्चित रहेको गुनासो गरे।
अधिकांश हरवा चरवा अझै भूमिहीन, नागरिकताविहीन तथा आधारभूत सेवाबाट वञ्चित रहेको उल्लेख गर्दै उहाँले बसोबासको प्रमाण नहुँदा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र सरकारी सेवामा समान पहुँचसमेत प्राप्त गर्न नसकेको बताए।
राष्ट्रिय दलित नेटवर्क नेपाल, सामुदायिक सुधार केन्द्र धनुषा, दलित जनकल्याण युवा क्लब सिराहा, जनचेतना दलित संगम सप्तरी, श्रीपुर्राज सामुदायिक विकास केन्द्रलगायत संस्थाको संयुक्त आयोजनामा सुरु भएको कार्यक्रममा मधेस प्रदेशका आठ वटा जिल्लाका दलित हरवा चरवा समुदायका अगुवाहरुको सहभागिता रहेको द फ्रिडम फण्डका कानुन सल्लाहकार बलराम भट्टराईले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण