बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले बैंकका सीईओ वा सञ्चालकलाई भविष्यमा अयोग्य ठहरिनेगरी कारबाही गर्न नहुने बताएकी छन् ।
- उनले सामान्य अनुशासनको कारबाहीलाई भविष्यमा अयोग्य हुने आधार बनाएमा बैंकिङ क्षेत्रमा नेतृत्व सङ्कट आउन सक्ने चेतावनी दिइन् ।
- सांसद राणाले 'क' वर्गका वाणिज्य बैंकका पूर्वसीईओलाई गभर्नर बन्नबाट रोक्नु नहुने र दुई-तीन वर्षको कुलिंग पिरियड राख्नुपर्नेमा जोड दिइन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी राणाले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वा सञ्चालकलाई भविष्यमा अयोग्य ठहर गर्नेगरी कारबाही गर्न नहुने बताएकी छन् । प्रतिनिधिसभाको अर्थ समितिको आइतबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सांसद राणाले यस्तो बताएकी हुन् ।
उनले सामान्य अनुशासनको कारबाही वा सचेत गराएकै आधारमा बैंकका सीईओ वा सञ्चालकलाई भविष्यमा समेत अयोग्य ठहर गर्ने गरी कारबाही हुने व्यवस्था राखिएमा बैंकिङ क्षेत्रमा नेतृत्व सङ्कट उत्पन्न हुनसक्ने चेतावनी दिइन् । सामान्य चेतावनी, लिखित चेतावनी वा जरिवाना जस्ता साना अनुशासनात्मक कारबाहीलाई समेत भविष्यमा अयोग्य हुने आधार बनाएमा सक्षम व्यक्तिहरू बैंकको नेतृत्व सम्हाल्न नआउने अवस्था सिर्जना हुने उनको तर्क छ ।
उनले भनिन्, ‘सामान्य प्राकृतिक कारबाहीमा राष्ट्र बैंकले सचेत गराउने मात्रै हो । लिखित चेतावनी अथवा जरिवाना गरेर तलब सुविधा रोक्का गर्ने, सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत सीईओलाई भविष्यमा समेत अयोग्य ठहर्ने भनेपछि भोलि कोही पनि सीईओहरु चाहिँ काम गर्न नआउलान् । किनभने यो त सबैलाई डर भयो । एउटा सानो सचेत मात्र गराएकोमा पनि उनीहरू निलम्बन नै हुने अथवा माइनर डिसिप्लिनरी एक्शनलाई पनि ठुलो हिसाबले लियो भने मेजर डिसिप्लिनरी एक्सनमा लियो भने त पछि गएर बैंकमा कोही पनि सीईओ बनेर अथवा चेयरम्यान बनेर आउन खोज्दैनन् ।’
सांसद राणाले गभर्नर नियुक्तिको योग्यतासम्बन्धी प्रस्तावित व्यवस्थामा पनि असन्तुष्टि जनाइन् । ‘क’ वर्गका वाणिज्य बैंकका पूर्वसीईओलाई गभर्नर बन्न अयोग्य बनाउनु उचित नहुने उनको धारणा थियो । बरु दुई वा तीन वर्षको ‘कुलिङ पिरियड’ तोकेर उनीहरूलाई गभर्नर बन्ने अवसर दिनुपर्नेमा उनले जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
-
दोस्रो हाफ सुरुः साबिक विजेता अर्जेन्टिना दबाबमा
-
विश्वकप फाइनलकै बिचमा बत्ती गयो, काठमाडौँका अधिकांश स्थान अन्धकार
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण