प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
सारांश
- कांग्रेस सभापति गगन थापाले समावेशिता लोकतन्त्रको खम्बा भएको र यसलाई कमजोर पार्ने कुनै पनि प्रयास कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् ।
- उनले वर्तमान मिश्रित निर्वाचन प्रणालीको अस्थिरतालाई सम्बोधन गर्न प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै समावेशी बनाउने विकल्पबारे बहस गर्न प्रस्ताव गरेका छन् ।
- थापाले दलित, महिला, र जनजाति लगायतका उत्पीडित वर्गको प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचनमा निश्चित क्षेत्रहरू आरक्षित गर्ने उपाय अपनाउन सकिने बताए ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले समावेशिता लोकतन्त्रको खम्बा भएको चर्चा गर्दै यसलाई कमजोर बनाउने कुनै पनि प्रयास कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् ।
आइतबार पोखरामा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा सभापति थापाले यस्तो बताएका हुन् ।
वर्तमान मिश्रित निर्वाचन प्रणालीले ल्याएको अस्थिरतालाई सम्बोधन गर्न प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै समावेशी बनाउने विकल्पबारे बहस गर्नुपर्ने उनको प्रस्ताव छ।
दलित, महिला, र जनजाति लगायतका उत्पीडित वर्गको प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्यक्ष तर्फ नै निश्चित क्षेत्रहरू आरक्षित गर्ने उपाय अपनाउन सकिने उनको भनाइ थियो।
सङ्घीयतालाई थप प्रभावकारी बनाउन केन्द्रमा रहेका कतिपय अधिकार र स्रोतहरू प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गरिनुपर्नेमा थापाले जोड दिए ।
थापाले कांग्रेसले देशलाई कुनै पनि प्रकारको द्वन्द्व वा राजनीतिक दुर्घटनामा जान नदिन जिम्मेवार भूमिका निर्वाह गर्ने बताए ।
संविधान संशोधन जस्तो गम्भीर विषयमा सबै राजनीतिक शक्तिहरूबिच व्यापक सहमति र तथ्यपरक बहस आवश्यक रहेको उनको भनाइ थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो हाफ सुरुः साबिक विजेता अर्जेन्टिना दबाबमा
-
विश्वकप फाइनलकै बिचमा बत्ती गयो, काठमाडौँका अधिकांश स्थान अन्धकार
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण