नेपालबिना भारत विश्वगुरु बन्न सक्दैन : राजकिशोर यादव
सारांश
- जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजकिशोर यादवले नेपालको साथ र सहयोगबिना भारत विश्वगुरु बन्न नसक्ने बताएका छन् ।
- उनले नेपालको दर्शन र ज्ञानबिना भारत अधुरो रहने तथा मैत्री सम्बन्धका नाताले दिल्लीले नेपाललाई सहयोग गर्नुपर्ने बताए ।
- यादवले नेपाल-भारतबीच कटुता बढाउने कार्य समाप्त पार्न र चिया निर्यातमा रोक जस्ता विषयमा भारतले अग्रसरता लिनुपर्ने बताए ।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल का नेता राजकिशोर यादवले नेपालबिना भारत विश्वगुरु बन्न नसक्ने बताएका छन् ।
सत्य सनातन मैत्री संघले ‘नेपाल–भारतको नागरिकस्तरको समाजिक धार्मिक, आर्थिक विकास र मैत्रीपूर्ण सम्बन्ध विषयमा आयोजित’ एक कार्यक्रमा उनले नेपालको साथ र सहयोगबिना भारत विश्व गुरु बन्न नसक्ने बताएका हुन् ।
उनले भने, ‘नेपालको दर्शन विना, नेपालको ज्ञानविना भारत अधुरो रहने छ ।’ भारतको साथ सहयोग नेपाललाई पनि चाहिने भएपनि तर त्यो कृपाले नभएको उनको भनाइ छ । मैत्री सम्बन्धको नाताले दिल्लीले नेपाललाई सहयोग गर्नुपर्ने उनले बताए ।
विश्वका शक्ति राष्ट्रहरुले नेपाल र भारतबिच कटुता बढाउने कार्य गरिरहेको बताउँदै उनले यसलाई समाप्त गर्न भारतले भूमिका खेल्नुपर्ने बताए । नेपाल–भारतबिच कुनै प्रकारको सम्बन्ध खराब नहोस् भनेर भारतले यसले अग्रसरता लिनुपर्ने बताउदै उनले भारत जति ठुलो छ, त्यति त्यस्तै मुटु पनि ठुलो बनाउनुपर्ने बताए ।
भारतले नेपाली चियाको निर्यातमा रोक लगाएर नेपाली किसानको मनमा धेरै ठुलो वैज्ञानिक असर पारेको बताउँदै उलने यस्ता कुराहरुमा नेपालले ध्यान दिनुपर्ने बताए । नेपाल भारतबिच आर्थिक सम्बन्ध मात्र होइन, समाजिक र पारिवारिक सम्बन्ध पनि रहेको उल्लेख गर्दै उनले सानतिना कुरालाई लिएर आर्थिक सम्बन्धमा नबिगार्न आग्रह गरे ।
मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशत सिंहले नेपाल–भारतको सम्बन्ध सीमा क्षेत्रमा बस्नेलाई मात्र थाहा हुने गरेको बताए । तर पछिल्लो समय नेपाल–भारतबिच कटुता उत्पन्न भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो हाफ सुरुः साबिक विजेता अर्जेन्टिना दबाबमा
-
विश्वकप फाइनलकै बिचमा बत्ती गयो, काठमाडौँका अधिकांश स्थान अन्धकार
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण