स्वयम्भूमा टिपरको ठक्करबाट प्रहरी हवल्दारसहित दुई जना घाइते
बिहीबार, १० पुस २०७६, १२ : ३२
काठमाडौँ । काठमाडौंको स्वयम्भूस्थित अन्नपूर्ण चोकमा बुधबार राति टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
राति साढे १२ बजे बा५ख २४८१ नम्बरको टिपरले बा५६प १९०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घाइते भएका मोटरसाइकल चालक सीतापाईला बस्ने सिन्धुलीको खाङसाङ–६ का २२ वर्षीय प्रेजन मगर र मोटरसाइकलमा पछाडि सवार महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी हवल्दार सानोभाई नेपालीको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
दुवै सवारी साधन र टिपर चालकलाई प्रहरी वृत्त स्वयम्भुले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण