बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा

बिहीबार, १० पुस २०७६, १४ : १२
बिहीबार, १० पुस २०७६

काठमाडौं । साविक विजेता मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा बिहिबार भएको खेलमा मनाङले ब्रिगेड ब्वाईज क्लबलाई १–० गोलले हरायो ।

मनाङको जितमा जगजित श्रेष्ठले २५औं मिनेटमा गोल गरेका थिए । जगजितले भीडाल लुइसको पासमा गरेको गोलनै मनाङलागि प्रयाप्त बन्यो । लिगमा मनाङको यो लगातार तेस्रो जित हो । जितसँगै शीर्ष स्थानमा रहेको मनाङको नौ अंक छ ।

मनाङले यसअघि लिगको पहिलो खेलमा एपीएफलाई २–० र दोस्रो खेलमा आर्मीलाई १–० गोलले पराजित गरेको थियो । ब्रिगेडको तीन अंक छ । पहिलो खेलमा मच्छिन्द्रसँग पराजित भएको ब्रिगेड दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप