मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा
बिहीबार, १० पुस २०७६, १४ : १२
काठमाडौं । साविक विजेता मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा बिहिबार भएको खेलमा मनाङले ब्रिगेड ब्वाईज क्लबलाई १–० गोलले हरायो ।
मनाङको जितमा जगजित श्रेष्ठले २५औं मिनेटमा गोल गरेका थिए । जगजितले भीडाल लुइसको पासमा गरेको गोलनै मनाङलागि प्रयाप्त बन्यो । लिगमा मनाङको यो लगातार तेस्रो जित हो । जितसँगै शीर्ष स्थानमा रहेको मनाङको नौ अंक छ ।
मनाङले यसअघि लिगको पहिलो खेलमा एपीएफलाई २–० र दोस्रो खेलमा आर्मीलाई १–० गोलले पराजित गरेको थियो । ब्रिगेडको तीन अंक छ । पहिलो खेलमा मच्छिन्द्रसँग पराजित भएको ब्रिगेड दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण