सीमा नाकाबाट समातियो चार लाख, तीनजना पक्राउ

काठमाडौँ । स्रोत नखुलेको ४ लाख रुपैयाँसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा हुण्डीको रकमसहित तीन जनालाई पक्राउ गरेको हो ।
भारत विहार मोतिहरा घर भएका ४४ वर्षीय सुशील कुमार शर्मा, सोही ठाउँकी सरोजनी कुमारी र वीरगञ्ज महानगरपािलका–१० का राजकुमार अग्रवाल पक्राउ परेको पर्साका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
प्रमुख राठौरका अनुसार भारतको रक्सौलबाट ना२९प ८५९५ नम्बरको मोटरसाइलमा वीरगञ्जतर्फ जाँदै गरेका सुशील र सरोजनीमाथि शङ्का लागेर खानतलासी गर्दा स्रोत नखुलेको ४ लाख बरामद भएको हो ।
सोधपुछको क्रममा उनीहरुले आदर्शनगरस्थित कस्मेटिक पसल सञ्चालन गर्दै आएका राज कुमार अग्रवालको पैसा रहेको र दिन जान लागेको प्रहरी समक्ष बयान दिए । उनीहरुको बयानको क्रममा अग्रवाललाई पनि पक्राउ गरिएको राठौरले बताए ।
पक्राउ परेका तीनैजनामाथि जिल्ला अदालत पर्साबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युएसएड बन्द भएपछि चोभार सुख्खा बन्दरगाहमा थन्किए सयौँ गाडी र मोटरसाइकल (तस्बिरहरू)
-
मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
-
चौघेरा रत्ननाथ मठ : जग्गा जोत्ने किसान, मोही खाने नेता !
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै, हेर्नुहोस् कार्यसूची
-
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची