सीमा नाकाबाट समातियो चार लाख, तीनजना पक्राउ
काठमाडौँ । स्रोत नखुलेको ४ लाख रुपैयाँसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा हुण्डीको रकमसहित तीन जनालाई पक्राउ गरेको हो ।
भारत विहार मोतिहरा घर भएका ४४ वर्षीय सुशील कुमार शर्मा, सोही ठाउँकी सरोजनी कुमारी र वीरगञ्ज महानगरपािलका–१० का राजकुमार अग्रवाल पक्राउ परेको पर्साका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
प्रमुख राठौरका अनुसार भारतको रक्सौलबाट ना२९प ८५९५ नम्बरको मोटरसाइलमा वीरगञ्जतर्फ जाँदै गरेका सुशील र सरोजनीमाथि शङ्का लागेर खानतलासी गर्दा स्रोत नखुलेको ४ लाख बरामद भएको हो ।
सोधपुछको क्रममा उनीहरुले आदर्शनगरस्थित कस्मेटिक पसल सञ्चालन गर्दै आएका राज कुमार अग्रवालको पैसा रहेको र दिन जान लागेको प्रहरी समक्ष बयान दिए । उनीहरुको बयानको क्रममा अग्रवाललाई पनि पक्राउ गरिएको राठौरले बताए ।
पक्राउ परेका तीनैजनामाथि जिल्ला अदालत पर्साबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण