काठमाडौँ आउँदै गरेको सुमो दुर्घटना, मृतकको संख्या ६ पुग्यो
शुक्रबार, ११ पुस २०७६, १७ : १९
काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ओखरडाँडाको ‘सिस्नेरी–काठमाडौँ’ सडकखण्डमा सुमो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । अन्य २ घाइतेको उपचार भइरहेको छ
रौटहटको चपुरबाट काठमाडौं आउँदै गरेको ना१ज ३४३३ नम्बरको सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र थप तीनजनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका एसपी सुशील सिंह राठौरले जानकारी दिए ।
दुर्घटनामा परी माउन्ट एभरेस्ट बोर्डिङ स्कुल चन्द्रनिगाहपुरका शिक्षक मनिस विक र उनकी श्रीमतीको पनि मृत्यु भएको छ । यसैगरी २ जना रौतहट नजरपुर, एकजना चन्द्रनिगाहपुर र अर्का एक व्यक्तिको मृत्यु भएको बताइएको छ ।
तीब्र गतिमा रहेको सुमो शुक्रबार साढे १२ बजे दुर्घटना भएको हो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी
-
संसद्मा कांग्रेसको अवरोध कायमै, सरकार पेलेरै अघि बढ्दै
-
चट्याङ लागेर किशोरीको मृत्यु
-
७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
एकै वर्षमा २५ ओटा हिट फिल्म दिने यी अभिनेता
-
बसपार्कमा तानातान गरेर पर्यटकलाई दुःख दिने सात जना पक्राउ