काठमाडौँ आउँदै गरेको सुमो दुर्घटना, मृतकको संख्या ६ पुग्यो
शुक्रबार, ११ पुस २०७६, १७ : १९
काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ओखरडाँडाको ‘सिस्नेरी–काठमाडौँ’ सडकखण्डमा सुमो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । अन्य २ घाइतेको उपचार भइरहेको छ
रौटहटको चपुरबाट काठमाडौं आउँदै गरेको ना१ज ३४३३ नम्बरको सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र थप तीनजनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका एसपी सुशील सिंह राठौरले जानकारी दिए ।
दुर्घटनामा परी माउन्ट एभरेस्ट बोर्डिङ स्कुल चन्द्रनिगाहपुरका शिक्षक मनिस विक र उनकी श्रीमतीको पनि मृत्यु भएको छ । यसैगरी २ जना रौतहट नजरपुर, एकजना चन्द्रनिगाहपुर र अर्का एक व्यक्तिको मृत्यु भएको बताइएको छ ।
तीब्र गतिमा रहेको सुमो शुक्रबार साढे १२ बजे दुर्घटना भएको हो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण