नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आगामी चैतमा हुने महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्ष ढकालले बागलुङ उद्योग वाणिज्य संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणापछि रातोपाटीसँगको कुराकानीमा ढकालले भने, ‘जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष र पदाधिकारीहरुको सुझाव र केन्द्रका साथीहरुको पनि सुझावका आधारमा मेरो उम्मेदवारी हो । तर औपचारीक रुपमा बागलुङ जिल्ला उद्योग वाणिज्य संघले प्रस्ताव राखेपछि मैले स्वीकार गरेको छु ।’
सानाठला सबै उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्न सरकारका तर्फबाट नीतिगत सुधार गरी आर्थिक समृद्धिको लागि गर्नुपर्ने काममा आफू सधैँ लागिपर्ने ढकालको भनाइ छ । ‘सबै राजनीतिक दलहरु, सबै सरकारहरु,
कर्मचारीलगायत सबै पक्षले साझा उद्देश्यका साथ लगानी अभिवृद्धिका गतिविधिलाई अगाडी लैजान सकेमा नेपालको आर्थिक विकास सम्भव छ,’ढकालले भने ।
अन्तिममा ढकालले महासंघमा वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिइरहँदा पछिल्लो समय सर्वसम्मत रुपमा नेतृत्व चयन हुने अवस्था देखिएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण