लाइसेन्स लिएर कमिसन खान पल्किएका व्यवसायीको लाइसेन्स अनुमति खारेज गरिने
शनिबार, १२ पुस २०७६, ०६ : ४४
ग्यास उद्योग सञ्चालनको लाइसेन्स लिएर कमिसन खान पल्किएका व्यवसायीको लाइसेन्स अनुमति खारेज गरिने भएको छ । नेपाल आयल निगमले ९० दिनको सूचना प्रकाशन गरी अनुमति खारेज गर्न लागेको हो ।
नर्माण कार्य सम्पन्न गरी ९० दिनभित्र प्रोडक्ट डेलिभरी अडर (पीडीओ) लिन नआए अनुमति खारेज हुने निगमले जनाएको छ ।
एलपी ग्यास उद्योग निर्माणको अनुमति लिएका व्यवसायीले उद्योग सञ्चालनमा भने अनिच्छा देखाएका छन् । पाँच वर्षअघि ग्यास उद्योग निर्माणका लागि नेपाल आयल निगमबाट अनुमति लिएका व्यवसायीहरूले निर्माण सम्पन्न गरी पीडीओ लिन आएका छैनन । पीडीओ लिन नआएपछि निगमले ९० दिनको सूचना जारी गरेको हो ।
निर्माण कार्य सम्पन्न गरी ९० दिनभित्र लिन नआए अनुमति खारेज गरिने निगमले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण