८ महिनादेखि यी बलिउड नायिकाले पिएकी छैनन् रक्सी, ट्वीटरमा गरिन् पोष्ट
आलिया भट्टकी दिदी र नायिका–फिल्म निर्माता पूजा भट्टले सार्वजनिक रुपमा नै आफ्नो रक्सी पिउने बानीबारे खुलासा गरिसकेकी छिन् । तर, अब आफू बिस्तारै उक्त लतबाट छुटकारा पाउने यात्रामा रहेको उनले बताएकी छिन् । केही दिन अघि पूजाले आफ्नो ट्वीटरमा एक सेल्फी पोष्ट गदैृ उक्त कुराबारे जानकारी दिएकी हुन् ।
उनका अनुसार पूजाले सन् २०१६ को डिसेम्बरदेखि रक्सी छोएकी पनि छैनन् । उनले मुम्बई मिररलाई दिएको अन्तर्वार्तमा भनेकी थिइन्, ‘म अहिले ४५ वर्षको भएँ र यदि मैले आफ्नो आयुलाई १० वर्ष थप गर्न सोचेकी छु भने यसका लागि मैले सबैकुरा छोड्नुपर्छ । मैले रक्सी र नशाको सबै लत त्याग्नुपर्छ ।’
पूजाले उक्त अन्तर्वार्तापछि नै रक्सीलाई हात लगाएकी छैनन् ।
आलियाकी सौतेनी दिदी हुन् पूजाः
पूजा महेश भट्टकी जेठी श्रीमतीकी छोरी हुन् । महेशकी श्रीमती किरन भट्ट एङ्ग्लो इन्डियन थिइन् । उनलाई लरेन ब्राइटको नामले चिनिन्छ । पूजाका साथै किरनसँग महेशका एक छोरा पनि छन् । उनी राहुल भट्ट हुन् । अब पूजा भट्ट आफ्ना बुवा महेश, सौतेनी आमा सानी राजदान र सौतेनी बहिनी आलिया भट्टसँगै बस्छिन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण