नेपाल भ्रमण वर्ष बेलायतमा प्रबर्द्धन गरिँदै
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको संयुक्त अधिराज्यमा प्रवद्र्धन गरिने भएको छ । भ्रमण वर्षका सन्दर्भमा नेपालको पर्यटकीय गन्तव्यको प्रवद्र्धनका साथै बेलायतमा नेपाल परिचयात्मक सांस्कृतिक कार्यक्रम तथा सम्मान समारोह आयोजना हुने भएको हो ।
नेपालको बारेमा जानकारी दिने, प्रचारप्रसार गर्ने एवं नेपाली तथा विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आजोजना गर्न लागिएको कार्यक्रम संयोजक रघु दाहालले जानकारी दिए । ‘थर्ड आई ग्रुप’ द्वारा सन् २०२० मे २४ मा आयोजना हुने उक्त कार्यक्रममा कलाकार, पत्रकार तथा प्रस्तोताले विभिन्न प्रस्तुति दिने छन् । साथै साहित्यकारले साहित्यिक रचनामार्फत नेपालका बारेमा जानकारी गराउने जनाइएको छ ।
कार्यक्रममा उत्कृष्ट केही कलाकार, पत्रकार, साहित्यकार र खेलाडीलाई सम्मान गरिने छ । सो कार्यक्रममा नेपालबाट करीब ६० कलाकार, पत्रकार, सहित्यकार र खेलाडीको सहभागिता हुनेछ । विदेशमा हुने धेरै कार्यक्रमका बारेमा नकारात्मक टीकाटिप्पणी भइरहेका बेला आफूहरुले आयोजना गर्न लागेको कार्यक्रम रचनात्मक, उपलब्धिमूलक, सन्तुलित र विश्वसनीय हुने आयोजक थर्ड आईका निर्देशक विकास देवकोटाले जानकारी दिए । उनले यो कार्यक्रम आर्थिक लाभका लागि नभई नेपालको पर्यटन प्रवद्र्धन गर्न र सम्बन्धित क्षेत्रमा योगदान गरेकाहरुलाई प्रोत्साहन गर्नका लागि आयोजना गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण