बलात्कार आरोपी सिद्धबाबा तीन लाख धरौटीमा रिहा
सुनसरी । सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अर्थात कृष्णदास रु तीन लाख धरौटीमा आज रिहा भएका छन् । आफ्नै एक अनुयायीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सिद्धबाबालाई धरौटीमा रिहा गरिएको हो ।
उनको मुद्दा जिल्ला अदालत इनरुवा सुनसरीमा दुई दिनसम्म चलेको थुनछेक बहस सकिएपछि अदालतले गिरीलाई धरौटीमा छोड्ने आदेश दिएको हो । जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले उहाँलाई रु तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए ।
सिद्धबाबाको मुद्दामा थुनछेक बहसका लागि न्यायाधीश बीचमा गोला हानिएपछि मुद्दा मुख्य न्यायाधीश उप्रेतीको बेञ्चमा परेको थियो ।
काठमाडौँबाट चतराधाममा रहेको सिद्धबाबा भनिने गिरीको आश्रममा पुगेकी एक महिला अनुयायीले गत कात्तिक ४ गते आफूलाई जबरजस्ती करणी गरेको भन्दै सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजूरी दर्ता गराएकी थिइन् ।
सिद्धबाबा गिरीको विरुद्धमा प्रहरीमा मुद्दा दर्ता भएपछि मुटुमा समस्या देखिएको भन्दै अभियोग लागेका सिद्धबाबा विराटनगरस्थित विराट नर्सिङ होमको सघन उपचार कक्षमा भर्ना भएका थिए । भर्ना भएकै बेला सिद्धबाबा गिरीलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद शर्माको कमाण्डमा खटिएको प्रहरीको टोलीले मङ्सिर १६ मा पक्राउ गरेको थियो ।
यसैबीच सिद्धबाबा धरौटीमा रिहा भएसँगै उनका समर्थकले जिल्ला अदालत इनरुवा सुनसरी अगाडि खुशियाली मनाएका थिए । उनको समर्थनमा आएका उनका अनुयायीले सिद्धबाबा गिरी रिहा भएसँगै खुशीयाली बनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण