मन्त्री र सांसदबीच ‘भनाभन’ !
जनकपुर । प्रदेश नम्बर २ का मन्त्री र सांसदबीच भुक्तानीको विषयलाई लिएर भनाभन भएको छ । तर, सामान्य भानभन भएको विषयलाई लिएर ‘कुटाकुट’ भन्दै समाचार प्रकाशित भएको भन्दै प्रदेश नम्बर २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवले आपत्ति समेत जनाएका छन् ।
मंगलबार प्रदेश नम्बर २ को संसद बैठक सुरु हुनुअघि विभिन्न उपभोक्ता समूहहरुले प्रदेशसभा कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।
सोही क्रममा संसद प्रवेश गर्ने क्रममा असन्तुष्ट समूहहरुलाई राज्यमन्त्री यादवले प्रक्रिया पुर्याएर प्रदेश सरकारले भुक्तानी गर्ने आश्वासन दिइरहेका थिए ।
‘त्यसैबेला आइपुगेका काँग्रेसका प्रदेश सांसद प्रमोद यादव र प्रमिला दास पनि उपभोक्ताहरुसँगै नाराबाजी गर्न थाले । उनीहरुले मन्त्रीले झुठ बोलेको समेत भने । तर कुनै हात हालाहाल भएको होइन । सामान्य भनाभन भएको हो,’ राज्यमन्त्री यादवले रातोपाटीसँग भने ।
प्रदेश सरकारले विभिन्न विकासे कामको आर्थिक बर्षको झण्डै ९१ करोड बाँकी छ । सोही विषयलाई लिएर उपभोक्ता समूहहरुले प्रदर्शन गरेका हुन् ।
उक्त भुक्तानी विभिन्न कानुनी कारणले रोकिएको मन्त्री यादवको भनाइ छ । सरकारले प्रक्रिया अन्र्तगत भुक्तानी प्रयास गरिरहेको बताएपनि काँग्रेस सांसदहरुले त्यसैलाई विषय बनाएर सदन अवरोध गर्दै आएका छन् ।
यता, प्रदेशसभा सदस्य दासले उपभोक्ता समितिको रकम मिलानका लागि आफूले पहल गरिदिन आग्रह गरेको र त्यसक्रममा मन्त्री रायले दुव्र्यवहार गर्दै जथभावी बोलेकाले चर्काचर्की भएको बताइन् ।
राय समाजवादी पार्टीबाट राज्यमन्त्री बनेका हुन् भने प्रदेसभा सदस्य दास नेपाली काँग्रेसको समानुपातिक कोटाबाट मनोनित भएकी हुन् ।
दासले आफलाई दुव्र्यवहार गर्दा आफूले हात देखाएको मात्रै बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण