एशियन पेन्ट्स ड्याम्प प्रूफ भाग्यशाली विजेताको घोषणा
काठमाडौं– नेपालको पेन्ट बजारमा अग्रणी स्थानमा रहन फल एशियन पेन्ट्स नेपालद्वारा एशियन पेन्ट्स ड्याम्प प्रूफ उपभोक्ता योजनाका विजेताहरुको नाम घोषणा गरेको छ । उक्त उपभोक्ता योजना केही महिना अघि देखि संचालन गरिएको थियो ।
योजनाको शर्तअनुसार उपभोक्ताहरुले आफ्नो घरको बाहिरी भित्ताको सतहहरुमा ड्याम्प प्रूफ प्रयोग गर्नु पर्ने र त्यसरी प्रयोग गरिएको फोटो खिचेर एशियन पेन्ट्स नेपालको फेसबूक पेजमा अपलोड गर्नु पर्ने थियो ।
जसअनुसार योजना अवधिभर ५०० भन्दा धेरै ग्राहकहरुले सहभागीता जनाएकोमा ४०० जना ग्राहकहरुमात्र भाग्यशाली गोला प्रथाको लागि योग्य साबित भएका थिए । यी योग्य ग्राहकहरुको नाम गोला प्रथामा समावेश गरी ५ जना भाग्यशाली विजेताहरु चयन गरिएका छन् ।
भाग्यशाली विजेताहरु मध्ये होण्डा एक्स–ब्लेडको विजेता इमाडोल, ललितपुरकी रोजी मास्के, र होण्डा ग्रेजीयाको विजेता जनकपुरका ताहिर मियाँका साथै सामसुङ स्मार्ट फोनका ३ जना विजेताहरु पुष्पचन्द (काठमाडौं), लक्ष्मी भट्टराई (बुटवल) र श्रीकृष्ण महर्जन (काठमाडौं) रहेका छन् ।
गोला प्रथाको कार्यक्रम एट्मस्फीयर रेष्टुरेन्ट, कुपण्डोलमा गरिएको थियो र उक्त कार्यक्रममा प्रतियोगिताका सहभागीहरुमध्येबाट २५ जना सहभागीहरुलाई उपस्थित गराइएको थियो ।
घरको बाहिरी भित्तालाई ओस लाग्न र पानी छिर्नबाट बचाउने एशियन पेन्ट्स ड्याम्प प्रूफ जबसम्म घरमा लगाइंदैन तबसम्म घरले पूर्णता नपाउने हुनाले यसको नारा नै अपूरो घर, पूरा गर भन्ने राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण