रुरुधामबाट भ्रमण वर्ष शुभारम्भ (फोटोफिचर )
बुटवल । गुल्मी जिल्लाले देशकै चारधाम मध्येको एक पवित्र तपोभूमि रुरु धार्मिक क्षेत्रबाट भ्रमण वर्ष २०२० को शुभारम्भ गरेको छ । जिल्लाको प्रवेशद्धार रहेको रिडी बजारको पुलबाट विभिन्न जातजातीका झाँकीसहित निस्केको विशाल पदयात्राले रिडी बजार परिक्रमा गरि ऋषिकेश मन्दिर वारीको खेल मैदानमा भ्रमण वर्षको शुभारम्भ विशेष कार्यक्रम गरिएको थियो ।
भ्रमण वर्षको प्रदेश सांसद तथा विशेष अधिकारी समितिका सभापति कमलराज श्रेष्ठले गरेका थिए । कार्यक्रममा जिल्ला समन्व्य समितिसहित १२ वटै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी शिक्षक बुद्धिजिवी र सर्वसाधरणको ब्यापक सहभागिता रहेको छ ।
रुरु क्षेत्र गाउँपालिका अध्यक्ष र भ्रमण वर्ष मुल समारोह समितिका संयोजक तथा सहआयोजक संस्थाका संयोजक निलकण्ठ गौतमले पवित्र तापोभूमी रुरुको तटबाट भ्रमण बर्ष हुनु नै सफलताको सरुवात भएको दावी गरे ।
कार्यक्रममा सबै जनप्रतिनिधिहरुले आ–आफ्नो ठाउँबाट भ्रमण वर्ष सफल पार्ने प्रतिबद्धता जनाए । भ्रमण वर्ष मूल समारोह समितिका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीको अध्यक्षता रहेको कार्यक्रममा रुरु क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतन गिरीको सञ्चालन रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण