पशुपति आउने पर्यटकलाई रुद्राक्षको मालासहित स्वागत
काठमाडौं । नेपाल भ्रमण वर्ष शुरु भएको दिन विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा छिर्ने पहिलो पर्यटकलाई निःशुल्क प्रवेश दिइएको छ । पशुपति क्षेत्र विकास कोषले विदेशी पर्यटकलाई पशुपति क्षेत्र प्रवेश गराउन बनाएका चार काउन्टरमा शुरुमा आउने चार पर्यटकलाई निःशुल्क प्रवेश गराइएको हो ।
विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले एकपटक दर्शन गर्नुपर्ने सूचीमा राख्ने पशुपति मन्दिर क्षेत्र अन्य धर्मावलम्बीका मानिसले पनि घुम्ने इच्छा गर्छन् । पशुपति क्षेत्रमा आउने विदेशी पर्यटकलाई पशुपति क्षेत्र विकास कोषले रु एक हजार शुल्क लिँदै आएको छ ।
भ्रमण वर्षको पहिलो दिन आज प्रवेश गरेका चार पर्यटकलाई शुल्क नलिई रुद्राक्षको माला लगाएर स्वागत गरिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । जापान, इटाली, चीनलगायत देशबाट नेपाल आई पशुपति क्षेत्रमा घुम्न आएका पर्यटकलाई स्वागत गरिएको उनले सुनाए ।
कोषले पशुपति क्षेत्रको पश्चिम मूलढोका, वत्सलेश्वरी, तिलगङ्गा र गुह्येश्वरी गरी चार वटा काउन्टर विदेशी पर्यटक छिराउन निर्माण गरेको छ । ती काउन्टरबाट आज बेलुकी पाँच बजेसम्म करीब २५० विदेशी पर्यटक प्रवेश गरेका छन् । यसैगरी नेपाल भ्रमणवर्ष सचिवालयले आज दशरथ रङ्गशालामा आयोजना गरेको उद्घाटन कार्यक्रममा भाग लिन पशुपति क्षेत्रबाट कोषका पदाधिकारीसहित कर्मचारी ¥यालीसहित पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण