काँग्रेसमा दुईतिर बैठक : संस्थापन सानेपामा, इतरपक्ष महाराजगन्जमा
काठमाडौं । काँग्रेसमा संस्थापन इतर पक्षको उपस्थिति बिना पार्टी केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।
बिहीबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा इतर पक्षको उपस्थिति नहुने देखिएको हो । बुधबार साँझ बसेको पदाधिकारी बैठकमा पनि पौडेल सहभागी भएको थिएन ।
बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी चयनको विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
सत्तारुढ नेकपाका ८, काँग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल आगामी फागुनमा समाप्त हुँदैछ ।
आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएर आउने छन् ।
त्यसमध्ये काँग्रेसको तर्फबाट एक जना पनि निर्वाचित हुने सम्भावना छैन । तर काँग्रेसले आफ्नो राजनीतिक हैसियत र उपस्थितिका लागि उम्मेवारी दिने तयारी थालेको छ । जसमा समाजवादी र काँग्रेसबीच तालमेल हुनेछ ।
उनका अनुसार उम्मेदवार चयन गर्ने आधिकारिक निकाय संसदीय समिति नभएकाले आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पदाधिकारीलाई अधिकार प्रत्यायोजित गर्नेछ ।
गत मंसिरमा भएको उपनिर्वाचनमा पनि उम्मेद्वार छनोटको अधिकार पदाधिकारीलाई अधिकार प्रत्यायोजित गरिएको थियो । काँग्रेसले राष्ट्रियसभा उम्मेद्वार छनोटमा नयाँलाई अवसर दिने शर्माले बताए । यता इतर पक्षका नेताहरु महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा भेला हुँदैछन् । केन्द्रीय सदस्य हृदयराम थानीका अनुसार दिउँसो ३ बजेबाट इतर पक्षका बैठक सुरु हुनेछ ।
राष्ट्रिय सभा निर्वाचनका लागि केन्द्रीय समितिले लिएको निर्णयमा आफूहरुको सहयोग रहने इतर पक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण