सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो

आइतबार, २१ असार २०८३, २३ : ०६
आइतबार, २१ असार २०८३

सारांश

  • अभिनेता दिलजीत दोसांझको फिल्म ‘सतलुज’ भारतमा ओटिटी प्लेटफर्म ‘जी-५’ बाट रिलिज भएको ४८ घण्टाभित्रै हटाइएको छ ।
  • जी-५ ले एक वक्तव्य जारी गर्दै अर्को आदेश नआएसम्मका लागि यो फिल्म भारतमा उपलब्ध नहुने जनाएको छ ।
  • फिल्मका निर्देशकले ओटिटी रिलिजका क्रममा फिल्ममा कुनै काँटछाँट नगरिएको बताएका थिए ।

काठमाडौँ । मानवअधिकार कार्यकर्ता जसवन्त सिंह खालडाको जीवनीमा आधारित अभिनेता दिलजीत दोसांझको फिल्म ‘सतलुज’ भारतमा ओटिटी प्लेटफर्म ‘जी–५’ बाट रिलिज भएको ४८ घण्टाभित्रै हटाइएको छ । गत जुलाई ३ मा रिलिज भएको यो फिल्मलाई जुलाई ५ मा प्लेटफर्मबाट हटाइएको हो ।

यस सम्बन्धमा ‘जी–५’ ले आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत एक वक्तव्य जारी गर्दै अर्को आदेश नआएसम्मका लागि यो फिल्म भारतमा उपलब्ध नहुने जनाएको छ । वक्तव्यमा भनिएको छ, “‘सतलुज’ को प्रदर्शन केही समयका लागि रोकिए पनि यसले सुरु गरेको बहस जारी रहनेछ । हामी यसलाई चाँडै नै दर्शकमाझ पुनः उपलब्ध गराउनका लागि उचित विकल्पहरूमा काम गरिरहेका छौँ ।”

फिल्मका निर्देशक हनी त्रेहनले ओटिटी रिलिजका क्रममा फिल्ममा कुनै काँटछाँट नगरिएको र यसको मूल स्वरूपसँग कुनै सम्झौता नगरिएको बताएका थिए ।

फिल्ममा दिलजीत दोसांझ, अर्जुन रामपाल, सुविन्दर विक्की, जगजीत सन्धु र गीतिका विद्या ओहलियानले मुख्य भूमिका निभाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप