सुलेमानी मारिएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिक्रियाः उनी वर्षौ पहिले मारिनुपर्थ्यो
एजेन्सी । ‘जनरल कासिम सुलेमानीलाई वर्षौं पहिले मारिनुपथ्र्यो । इरानको यी शक्तिशाली कमाण्डरले हजारौं अमेरिकीहरूलाई मारे वा घाइते बनाए। उनी अनगिन्ती अमेरिकनहरूलाई मार्ने योजना बनाउँदै थिए ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भने ।
अमेरिकी झण्डासहित तस्वीर ट्वीट
सुलेमानी मारिए पछि फ्लोरिडामा छुट्टी मनाइरहेका ट्रम्पले अमेरिकी झण्डाको फोटोसहित ट्वीट गरे । राष्ट्रपतिले ट्रम्पले भनेका छन, ‘जनरल कासिम सुलेमानीले लामो समयदेखि हजारौं अमेरिकीहरूलाई मारिदिए वा घाइते बनाए । उसले अनगिन्ती अमेरिकनलाई मार्ने योजना बनाइरहेको थियो, तर ऊ आफैं शिकार भयो । ऊ प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाखौंको मृत्युको लागि जिम्मेवार छ।’
सुलेमानी आतंक र घृणा को प्रतिक थियो
ट्रम्पले भनेका छन्, ‘इरानमा पनि प्रदर्शनकारी मारिए। इरानले कहिल्यै स्वीकारेन कि सुलेमानी देशभित्र आतंक र घृणाको प्रतीक हो। उनी मारिँदा कोही दुःखी छैन । उनी धेरै वर्ष पहिले समाप्त हुनुपथ्र्यो’ इरानले भने यो घटनाको बदला लिने जनाएको छ । इरानका राष्ट्रपति हसन रूहानीले इरान र यस क्षेत्रका सबै स्वतन्त्र देशहरूले संयुक्त राज्य अमेरिकासँग सोलेमानीको हत्याको बदला लिने चेतावनी दिएका छन् ।
सुलेमानीको इराकको बग्दादस्थित अन्तर्राष्ट्रिय एयरपोर्टमा शुक्रबार हत्या भएको थियो। अमरिकाले सो हत्याको जिम्मेवारी लिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण