एकैदिनमा पनि कपाल बढ्ने गति फरक फरक हुन्छ !
तपाईं कपाल वर्षभरिमा कतिपटक काटनु हुन्छ ? तपाईं–हामीमध्ये प्रायःधरै महिना–दुई महिनामा कपाल काट्छौं होला । तपाईं– हामीले याद गरेको पनि होला–तालु खुइले बन्दै गईरहेको वइक्तिमा कपाल त्यति चाँडो बढ्दैन । तर युवाहरुमा चाहिँ कपाल अति चाडो बढ्छ ।
वास्तवमा, हाम्रो कपाल कति चाँडो बढ्छ ? र, हाम्रो कपाल कति समयमा कति मात्रामा बढ्छ होला ?
मान्छेको कपाल बढ्ने सही दर के हो भन्ने कुरा पत्ता लागिसकेको छ । यसअनुसार, के फेला परेको छ भने, एक महिनामा मान्छेको कपाल १२ मिलिमिटर (१.२ सेन्टीमिटर) को दरले बढ्छ । र, यो कपाल बढ्ने काम दिनहुँ भइरहेको हुन्छ ।
यसरी कपाल दिनहुँ बढे तापनि दिनको फरक समय कपाल बढ्ने दर पनि फरक फरक हुन्छ । अर्थात यो एकै मात्रामा बढ्दैन । यो क्रिया एक किसिमको लयात्मक तरिकामा सम्पन्न भइरहेको हुन्छ ।
रातको समयमा कपाल विस्तारै बढ्छ । र, दिन शुरु भएपछि कपाल बढ्ने प्रक्रियामा गति आउछ । बिहान १०–११ बजे यो दर सबै भन्दा बेसी रहन्छ । अर्थात दिन, रातबीचको त्यो समयमा चाहिँ हाम्रो कपाल सबैभन्दा बेसी बढ्छ । त्यस पछि कपाल बढ्ने गतिमा कमी आउछ । फेरि बेलुकी ४ देखि ६ बजेसम्ममा त्यो क्रियामा गति आउँछ । त्यस पछि फिर कपाल विस्तारै बढ्छ ।
यसरी एकैदिनमा कपाल बढ्ने गति पनि फरक–फरक हुन्छ । एक निश्चित समयमा यो तीब्र रुपमा बढ्छ भने अन्य समयमा विस्तारै बढ्छ । तर त्यो तीब्र रुपमा कपाल बढ्ने समयमा (जस्तो बिहान १०–११ बजे) पनि हाम्रो आँखाले कपाल बढिरहेको देख्न भने सक्दैन । त्यो कपाल बढ्ने क्रिया अति सुक्ष्म रुपम सम्पन्न भइरहेको हुन्छ र त्यसलाई हाम्रो आँखाले ठम्याउनै सक्दैन ।
हाम्रो शरीरमा बढ्ने कपाल छुट्टाछुट्टै नबढेर एउटै धागोको रुपमा बढ्ने हो भने, हाम्रो शरीरमा बढ्ने कपालको जम्मा पवरिमाणबारे थाहा पाउन सजिलो हुनेथियो । यो अवस्थामा कपाल प्रति मिनेट ३ सेन्टिमिटरको दरले बढ्ने छ र एक वर्षमा हाम्रो कपाल ५९ मिलोमिटर हुनेछ ।
फेरी सबै मान्छेमा उतिकै परिणाममा कपाल हुँदैन । कालो मान्छेमा भन्दा गहुँगोरो वा गोरो मान्छेमा कपाल बेसी हुन्छ । रातो कपाल भएको मान्छेमा कम कपाल हुन्छ ।
Title Photo: https://hips.hearstapps.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण