ट्राफिक प्रहरीद्धारा हराएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौँ । ट्राफिक प्रहरीले विभिन्न समयमा काठमाडौँ उपत्यकामा हराएका २१ मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको अनामनगर, ताल्छीखेल, पशुपति, बागडोल, टेकु, बसुन्धारा, न्यूरोड, नयाँ बानेश्वरलगायत क्षेत्रबाट हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको हो ।
महाशाखाले अफनल श्रेष्ठ, फिम प्रसाद दलुाल, रमेशराज भण्डारी, शोभा महर्जन, वेबी अग्रवाल, बाबुराम कार्की, शिव श्रेष्ठ, रूपेश मल्ल, रमेश तामाङ, श्रीजन ताम्राकार, हिमांसु रजक, राजेन्द्र तामाङ, केशव प्रसाद घिमिरे, पुष्करनाथ भण्डारी, राज राउत, राज ताम्राकार, सुवर्ण भण्डारी, छत्र बहादुर नेपाली, शिव कुमार रायमाझी, मोदनाथ सिलवाल र निशान खड्काको मोटरसाइकल खोजेर बुझाएको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सवारी साधन हराएको निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको जानकारी दिए । उपत्यकाबाट हराएका अधिकांश मोटरसाइकल उपत्यका बाहिर लैजाने गरेको महाशाखाले जनाएको छ ।
महाशाखाले चालू आर्थिक वर्षमा मात्र १७७ हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । मोटरसाइकल चोरी कार्यमा संलग्न २९ व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइएको महाशाखाका प्रवक्ता जीवन कुमार श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेड र मार्स बिना बंगलादेश भ्रमणमा जाँदै अस्ट्रेलियाली टोली
-
तथ्यांकमा विश्वकप २०२६
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण