बुटवलबाट १५ किलो चरेससहित दुई युवक पक्राउ
आइतबार, २० पुस २०७६, १९ : १६
बुटवल । लागूऔषध चरेससहित २ जना युवालाई रुपन्देहीबाट प्रहरीले नियन्त्रणमा लिएको छ । आज साँझ रुपन्देहीको तिलोत्तमा नगरपालिका वाड नम्वर ३ जानकी पथबाट १५ किलो चरेशसहित २ जनालाई नियन्त्रण लिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भटराईले रातोपाटीलाई जानकारी दिए ।
गुल्मीको रेसुङ्गा नगरपालिका वाड नम्बर ८ का ३० वर्षीय सञ्जय राउत र सोही स्थानका ३२ वर्षीय पदम थापाले कारोवारको लागि झोला लिएर हिँडेको अवस्थामा प्रहरीले टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई लागू औषध ऐन अन्तर्गत कानुनी प्रकृया अगाडी बढाउने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण