नेपाल भ्रमण वर्षको प्रवद्र्धनात्मक कार्यक्रम बैंककमा
थाइल्यान्ड । थाइल्याण्डका नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज राजधानी बैंककमा पदयात्रा कार्यक्रम आयोजना गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रचारप्रसार गर्न त्यहाँस्थित नेपाली राजदूतावासद्वारा बैंककस्थित गैरआवासीय नेपाली सङ्घ र थाइ–नेपाली सङ्घको सहयोगमा पदयात्रा आयोजना गरिएको हो ।
बैंककस्थित नेपाली दूतावासका अनुसार पदयात्रामा थाइ सरकारी पदाधिकारी, गैरआवासीय नेपाली सङ्घ, थाइ–नेपाली सङ्घका पदाधिकारी, विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी, नेपालका शुभेच्छुक, विभिन्न देशका नागरिक, विभिन्न थाई सञ्चारमाध्यमका प्रतिनिधि तथा राजदूतावास परिवारका सदस्य गरी करिब २५० जनाको सहभागिता थियो ।
पदयात्राका सहभागीले नेपाल भ्रमण वर्षको प्रतीक चिह्न भएको ‘टिसर्ट’ लगाएर नेपाल भ्रमण वर्ष तथा थाइल्याण्ड र नेपालको झण्डा अङ्कित ‘प्लेकार्ड’ सहित साढे दुई किलोमिटर पदयात्रा गरेका थिए । पदयात्राका सहभागीहरुप्रति आभार व्यक्त गर्दै थाइल्याण्डका लागि नेपाली राजदूत गणेशप्रसाद ढकालले राजदूतावासद्वारा आगामी दिनमा अन्य शहरमा पनि आयोजना गरिने नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रवद्र्धनात्मक कार्यक्रमहरुमा सक्रियतापूर्वक साथ दिन अनुरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण