अझै केही महिना डढेलो लाग्न सक्छः अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसन
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले डढेलोले अझै केही महिनासम्म ‘ताण्डव’ मच्चाउने चेतावनी दिएका छन् ।
सेप्टेम्बरदेखि सुरु भएको उक्त डढेलोका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । यस हप्ता क्यानबेराको हावाको गुणस्तर संसारकै सबैभन्दा दुषितको सूचीमा राखिएको छ ।
मोरिसनले डढेलोका कारण घरबार गुमाउनेहरुको सहयोगार्थ ‘रिकभरी एजेन्सी’ निर्माण गरेको घोषणा गरेका छन् ।
यस्तो भयानक अवस्थामा पनि निकै सुस्त रुपमा प्रतिक्रिया दिएको भन्दै मोरिसनको व्यापक आलोचना भएको छ ।
यस हप्ता स्थिती थप तनावग्रस्त रह्यो । एक हप्ताभित्रै थप सय बढी भवन र संरचना ध्वस्त भए । विभिन्न शहरका आकाश राता भए, खरानीको वर्षा भयो र धुँवामिश्रित हावाका कारण मानिसहरु निस्सासिए ।
आइतबार भिक्टोरिया र न्यू साउथ वेल्समा हल्का वर्षा भएसँगै स्थिती केही सहज रह्यो । तर अधिकारीले डढेलोले थप उग्र रुप लिने चेतावनी पनि दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण