मनाङ र मच्छिन्द्रको बराबरी
काठमाडौं । साविक विजेता मनाङ मस्र्याङ्दी क्लब र मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा सोमबार भएको रोमाञ्चक खेलमा मनाङ र मच्छिन्द्रले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
लिगकै बलिया दुई प्रतिद्वन्द्वीको प्रतिस्पर्धात्मक भिडन्तमा सुरुवाती अग्रता मनाङले लिएको थियो । मनाङका लागि विदेशी खेलाडी फेमी जोसुवाले खेलको दोस्रो मिनेटमै गोल गरे । फेमीले अन्जन बिष्टको पासमा हेड गोल गरेका थिए ।
भुटानमा कुवेतसँग विश्वकप खेल्न जानुअघि डिस्को कान्डमा मुछिएका अन्जन ४५ दिनको प्रतिबन्ध र ५० हजार जरिवानाको कारबाही सकेर सोमबारदेखि मनाङको खेलमा फर्किएका हुन् । मच्छिन्द्रले दोस्रो हाफको सुरुवातमै बराबरी गोल फर्काएको थियो । मच्छिन्द्रका लागि सुजल श्रेष्ठले ४७औं मिनेटमा गोल गरे ।
त्यसपछि मच्छिन्द्रले ८१ औं मिनेटमा अग्रता लियो । मच्छिन्द्रका विदेशी खेलाडी एडिलाजा सोमिडेले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । मच्छिन्द्रको अग्रतापछि आक्रामक देखिएको मनाङले ८८ औं मिनेटमा बराबरी गोल फर्कायो । मनाङका लागि विमल रानाले बराबरी गोल गरे । विमलले रिवान्डमा गोल गरेका थिए । बराबरीसँगै पाँच खेलबाट ११ अंक बनाएको मनाङ शीर्ष स्थानमा यथावत छ । समान खेलबाट १० अंक बनाएको मच्छिन्द्र दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण