बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

प्रियंकाको ‘चरी जस्तै उड्न पाए..’

बुधबार, ०७ भदौ २०७४, १२ : ३२
बुधबार, ०७ भदौ २०७४


काठमाडौं – चर्चित अभिनेत्री प्रियंका कार्की पछिल्लो समय म्युजिक भिडियोमा पनि निकै देखिन थालेकी छन् । यस्तैमा अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘चरी जस्तै उड्न पाए..’ सार्वजनिक भएको छ ।
निकै रमाइलो गीतमा प्रियंकालै निकै रोजक तवरले छमछमी नाँचेकी छिन् । मेलिना राईको स्वर रहेको गीतमा मञ्जुला राजकर्णीकारको शब्द रहेको छ, भने संगीत बसन्त सापकोटाले दिएका छन् । गीतले टिपिकल नेपाली लोक शैलीलाई पछ्याएको छ ।
कविराज गहतराजको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन शिवराम श्रेष्ठले गरेका हुन् । भिडियोको सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन् । गीतलाई शुभ मिडिया होम प्रालीले बजारमा ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप