एमसीसी परियोजनाबारे नेपालस्थित अमेरिकी दूतावासको ‘फिलिङ रेडी’ स्टाटस
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको सहयोग रकम लिने कि नलिने भन्नेमा दलका नेताहरुबीच गलफती परिरहेका बेला मंगलबार नेपालस्थित अमेरिकी दूतावासले ‘फिलिङ रेडी’ फेसबुक पोष्ट गरेको छ ।
दूतावासले सो परियोजनाबाट बन्ने विद्युत प्रशारण लाइन र सबस्टेशन निर्माण परियोजनाले छुने १० जिल्लाका ३० स्थानीय तहमा सार्वजनिक सुनुवाई सम्पन्न भएको जनाएको छ । त्यसका लागि मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल टिमलाई धन्यवाद समेत दिएको छ ।
दूतावासले फेसबुकमा एमसीसीमार्फत ५०० मिलियन डलर, झन्डै ५५ अर्ब रुपैयाँ र नेपाल सरकारको १३० मिलियन डलर अर्थात झन्डै १५ अर्ब गरी ६३० मिलियन डलरको लागतमा बन्ने परियोजनाहरूमा सहयोग गर्न पाउँदा गौरव महशुस भएको जनाएको छ । दूतावासले ती कार्यक्रमहरू जवाफदेहिता,पारदर्शिता, तथा पारस्परिक समृद्दिको सिद्दान्तहरूमा आधारित हुने पनि बताएको छ ।
दूतावासले जारी गरेको सो पोष्ट मुनी धेरैजसोले धन्यवाद ज्ञापन गरेपनि कतिपय नेपाली फेसबुक प्रयोगकर्ताले आलोचना समेत गरेका छन् । एमसीसी सहयोग परियोजना इन्डोप्यासिफिक रणनीति अन्तर्गत आएको सहयोग भन्दै सत्ताधारी दल नेकपाका नेताहरु नै पक्ष विपक्षमा रहेका छन् । संसदमा पेस गरेर पारित गर्नुपर्ने प्रावधान रहेको सो सहयोग परियोजना आगामी प्रतिनिधिसभामा पेश गर्ने सरकारको योजना छ ।
यस्तो छ एमसीसीबारे नेपालस्थित अमेरिकी दूतावासको फेसबुक पोष्ट:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण