प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१५ डल्लु पुलस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने भक्तपुर बालकोट बस्ने दाङ घोराही उपमहानगरपालिका-४ घर भएका २१ वर्षीय रबिन घर्तीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले सवारी चालक अनुमतिपत्र प्राप्त नगरी बा.९७ प ३१९३ नम्बरको मोटरसाइकल चलाएको अवस्थामा फेला पारी घर्तीलाई कारवाही गर्ने क्रममा प्रहरीलाई उक्त नगद दिन खोजेपश्चात उनलाई पक्राउ गरेको हो ।
यसैगरी ललितपुर महानगरपालिका-१४ ताल्सिखेल बस्ने चन्द्र बहादुर देवाङको टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२३ बस्ने ४९ वर्षीय चन्द्र कुमार देवाङ समेत ५ जनालाई नगद १ लाख ८० हजार ८ सय रुपैयाँ र ३ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण