प्रिन्सको विजयी सुरुवात

काठमाडौं । नेपालका स्टार ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल सिरिजमा विजयी सुरुवात गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा प्रिन्सले भारतका आर विकास प्रभुलाई २१–१५, ७–२१, २१–१४ ले हराए । जितसँगै प्रिन्स पुरुष एकलतर्फको सेमिफाइनलमा पुगेका छन् ।
नेपालमा नरेन्द्र बमले भारतका नितिन कुमारबाट वाक ओभर पाए । पुरुष एकलतर्फ नेपालका जेवी साउद भारतका खेलाडी शिभम कुमार मिश्रसँग २१–१६, २१–११ ले पराजित भए ।
प्रियान्शु सिंह क्षेत्री श्रीलंकाका दुमिन्दु अवेविक्रमासँग २१–१३, २१–१४ ले, पेम्बा शेर्पा श्रीलंकाका दिगायु कहातापितियासँग १७–२१, २१–८, २२–२० ले पराजित भए । गोकुल जोरा भारतका अभिन बशिष्ठसँग २१–९, २१–९ ले र अमृत चौधरी भारतका आयान रशिदसँग २१–८, २१–७ को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए ।
प्रतियोगिताको महिला एकलतर्फ नेपाली खेलाडीले पहिलो चरण पार गर्न सकेनन् । प्रसुना खत्री मलेसियाकी श्रन्या कबिलानसँग २१–१०, २१–९ ले र बिष्णा बिष्ट भारतकी अनुपमा उपाध्यायसँग २१–४, २१–६ ले पराजित भए । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार बिश्वकर्माले उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै घट्यो आज कतिमा हुँदैछ कारोबार ?
-
रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत सोझै सम्पर्क गराउने सरकारको प्रयास
-
सरकारसँगको सहमतिपछि नेपाल शिक्षक महासङ्घको बैठक बस्दै
-
सकिएकै हो शिकागो मुभमेन्टको औचित्य, कस्तो होला अबको श्रम आन्दोलन ?
-
सेमिफाइनलमा जापानी क्लबसँग जिल्लियो पोर्चुगिज स्टार रोनाल्डो आबद्ध अल–नासर
-
बाबुआमालाई वृद्धाश्रममा राख्ने होइन, सन्तानसँगै बस्ने संस्कारको विकास गर्नुपर्छः राष्ट्रियसभा सदस्य बस्नेत