प्रिन्सको विजयी सुरुवात
काठमाडौं । नेपालका स्टार ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल सिरिजमा विजयी सुरुवात गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा प्रिन्सले भारतका आर विकास प्रभुलाई २१–१५, ७–२१, २१–१४ ले हराए । जितसँगै प्रिन्स पुरुष एकलतर्फको सेमिफाइनलमा पुगेका छन् ।
नेपालमा नरेन्द्र बमले भारतका नितिन कुमारबाट वाक ओभर पाए । पुरुष एकलतर्फ नेपालका जेवी साउद भारतका खेलाडी शिभम कुमार मिश्रसँग २१–१६, २१–११ ले पराजित भए ।
प्रियान्शु सिंह क्षेत्री श्रीलंकाका दुमिन्दु अवेविक्रमासँग २१–१३, २१–१४ ले, पेम्बा शेर्पा श्रीलंकाका दिगायु कहातापितियासँग १७–२१, २१–८, २२–२० ले पराजित भए । गोकुल जोरा भारतका अभिन बशिष्ठसँग २१–९, २१–९ ले र अमृत चौधरी भारतका आयान रशिदसँग २१–८, २१–७ को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए ।
प्रतियोगिताको महिला एकलतर्फ नेपाली खेलाडीले पहिलो चरण पार गर्न सकेनन् । प्रसुना खत्री मलेसियाकी श्रन्या कबिलानसँग २१–१०, २१–९ ले र बिष्णा बिष्ट भारतकी अनुपमा उपाध्यायसँग २१–४, २१–६ ले पराजित भए । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार बिश्वकर्माले उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण