एक वर्षमा ८० प्रतिशत आयोजना सम्पन्न गरिने
सार्वजनिक खरिद नियमावली २०६४ को नवौँ संशोधन गरेर निर्माण सम्झौताको म्याद एक वर्ष थप भएपछि २५ सय रुग्ण आयोजनामध्ये ८० प्रतिशत सम्पन्न हुने भएका छन् ।
थपिएको एक वर्षमा २८ सय आयोजनामध्ये ८० प्रतिशत सम्पन्न गरिने महासङ्घको प्रतिबद्धता रहेको छ । महासङ्घले संशोधनलाई सकारात्मक रूपमा लिएको भन्दै अध्यक्ष रवि सिंहले भने, “नवौँं संशोधनले म्याद सकिएर वा विभिन्न कारणले अलपत्र भएका आयोजनामा निर्माण व्यवसायीलाई थप एक वर्ष्भित्र काम सम्पन गर्ने अवसर दिनु अत्यन्त सकारात्मक कदम हो, हामी एक वर्षमा धेरै आयोजना सम्पन्न गर्ने छौँ ।”
एक वर्ष्भित्र रुग्ण आयोजना सम्पन्न गर्न ७७ जिल्लाका निर्माण व्यवसायीलाई महासङ्घले निर्देशन दिएको छ । नवौँ संशोधनले क्रेडिट लाइनको व्यवस्थालाई सहज बनाएको छ ।
व्यवसायीले बोलपत्र हाल्ने समयमै व्यवसायीसँग भएको आफ्नो पुँजी स्रोत देखाउनुपथ्र्यो तर अब स्वघोषणा गरे हुने भएको छ ।
महासचिव रोशन दाहालको भनाइ छ, “क्रेडिट लाइन जो व्यवसायीको आर्थिक क्षमता वा व्यवसायीसँग भएको पुँजी देखाउने कुरा हो, त्यसमा ठूलो धनराशि बैङ्कलाई कमिसन बुझाउनुपर्ने अवस्था थियो, अब त्यो सहज भएको छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण