मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

राजश्व विभागको एक्सन: यूनिभर्सल ट्रेडमाथि सवा २१ करोड विगो दाबी, ३ वर्ष कैदको माग

बिहीबार, २४ पुस २०७६, १९ : ३०
बिहीबार, २४ पुस २०७६

काठमाडौं । झुट्टा तथा नक्कली मुल्यअविवृद्धि विजक प्रयोग गरी राजस्व छलि गरेको आरोपमा राजस्व अनुसन्धान विभागले यूनिभर्सल ट्रेड एण्ड सप्लायर्स माथि मुद्दा चलाएको छ । विभागले राजस्व चुहावट गरेको अभियोगमा युनिभर्सल माथि २१ करोड १८ लाख विगो कायम गरी विगोको दोब्बरसम्मको जरिवाना र तीन वर्षसम्मको कैद मागदावी गर्दै बिहिबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । 

युनिभर्सल प्रिन्टिङ्ग प्रेस र युनिभर्सल निर्माण सेवा समेत सञ्चालन गर्ने गरि स्थायी लेखा नं. ३०४२०६३६२ लिएका संचालक प्रकाश राज गिरीले राजस्व चुहावट ऐन २०५२ कसूर विपरित राजस्व चुहावट गरेको विभागले आरोप लगाएको छ । 

कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ कर विजक मात्र खरिद गरेको र मूल्य अभिवृद्धि कर र आयकर समेत छलि गरेको विभागको आरोप छ । मूल्य अभिवृद्धि कर र आयकर समेत छलि गरेको आरोप लागेको युनिभर्सल ट्रेडलाई राजस्व चुहावट ऐन २०५२ को दफा ३ ले निषेध गरेको सोही एनको दफा ४ खण्ड क र ख बमोजिम मूल्य वृद्धि करतर्फ ६ करोड ६१ हजार र आयकर तर्फ १५ करोड १७ लाख ८६ हजारसहित कूल २१ करोड १८ लाख ४७ हजार ८ सय ९१ रुपैयाँ असुल गरी विगोको दोब्बरसहित ३ वर्षसम्म कैद सजाय माग दाबी गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप