राजश्व विभागको एक्सन: यूनिभर्सल ट्रेडमाथि सवा २१ करोड विगो दाबी, ३ वर्ष कैदको माग
काठमाडौं । झुट्टा तथा नक्कली मुल्यअविवृद्धि विजक प्रयोग गरी राजस्व छलि गरेको आरोपमा राजस्व अनुसन्धान विभागले यूनिभर्सल ट्रेड एण्ड सप्लायर्स माथि मुद्दा चलाएको छ । विभागले राजस्व चुहावट गरेको अभियोगमा युनिभर्सल माथि २१ करोड १८ लाख विगो कायम गरी विगोको दोब्बरसम्मको जरिवाना र तीन वर्षसम्मको कैद मागदावी गर्दै बिहिबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
युनिभर्सल प्रिन्टिङ्ग प्रेस र युनिभर्सल निर्माण सेवा समेत सञ्चालन गर्ने गरि स्थायी लेखा नं. ३०४२०६३६२ लिएका संचालक प्रकाश राज गिरीले राजस्व चुहावट ऐन २०५२ कसूर विपरित राजस्व चुहावट गरेको विभागले आरोप लगाएको छ ।
कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ कर विजक मात्र खरिद गरेको र मूल्य अभिवृद्धि कर र आयकर समेत छलि गरेको विभागको आरोप छ । मूल्य अभिवृद्धि कर र आयकर समेत छलि गरेको आरोप लागेको युनिभर्सल ट्रेडलाई राजस्व चुहावट ऐन २०५२ को दफा ३ ले निषेध गरेको सोही एनको दफा ४ खण्ड क र ख बमोजिम मूल्य वृद्धि करतर्फ ६ करोड ६१ हजार र आयकर तर्फ १५ करोड १७ लाख ८६ हजारसहित कूल २१ करोड १८ लाख ४७ हजार ८ सय ९१ रुपैयाँ असुल गरी विगोको दोब्बरसहित ३ वर्षसम्म कैद सजाय माग दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण