आयल निगमको स्वर्णजयन्तीमा रक्तदान
बिहीबार, २४ पुस २०७६, १९ : ५१
काठमाडौं । नेपाल आयल निगमको ५०औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
आयल निगमले स्वर्णजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको रक्तदान कार्यक्रममा ११३ जनाले रक्तदान गरेको रक्तदान समितिका संयोजक विकास बखतीले जानकारी दिए ।
कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले रक्तदान जीवनदान भएको बताउँदै यस कार्यलाई मानवजीवनका लागि अत्यन्तै मानवीय, परोपकारी तथा सकारात्मक रूपमा लिनुपर्ने बताए ।
सोही अवसरमा कार्यकारी निर्देशक पौडेलले नेपालमै सबैभन्दा धेरैपटक रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्य र समाजसेवी वीरसिंह कङ्साकारलाई सम्मान गरेका थिए । कर्माचार्यले यसभन्दा पहिला १६० पटक रक्तदान गरेका थिए । आयल निगमको ५०औँ वार्षिकोत्सव आगामी शनिबार हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण