माघ १ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा
शुक्रबार, २५ पुस २०७६, १४ : २१
पोखरा । माघ १ मा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वको छेको पारेर बिदा दिने निर्णय गरेको हो ।
शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले माघ १ मा सार्वजनिक बिदाबारे जानकारी दिए । गएको वर्षमा पनि प्रदेश सरकारले माघी पर्वको छेकोमा सार्वजनिक बिदा दिएको थियो ।
माघी पर्व पवित्र नदिमा स्नान गरेर पुजा आजा गरि मनाइन्छ । घिउ, चाकु, तरुल आदि परिकार माघी मेलामा खाने गरिन्छ । यस्तै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान विधेयक स्वीकृत गरी प्रदेश सभामा पेश गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको प्रवक्ता बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण