नरहा गाउँपालिकाको आय–व्याय सार्वजनिक
सिरहा । नरहा गाउँपालिकाले दुई आर्थिक वर्षको आयव्याय सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७४/७५ को २१ करोड ९६ लाख १ हजार ८ सय ४३ मध्ये १७ करोड ३६ लाख ३१ हजार ९ सय ७८ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ ।
त्यस्तै आर्थिक वर्ष ०७५/७६ को १९ करोड ६४ लाख ९९ हजार ३ सय ८४ मध्ये १५ करोड ७० लाख ७८ हजार ६ सय खर्च भएको प्रतिवेदन लेखा अधिकृत आशिष कामतीले सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा विकास खर्च समेत समेटिएको प्रमुख प्रशासकीय अधिकृत सुमित्रा लामाले जानकारी दिइन् ।
यसैबीच असन्तुष्ट जनप्रतिनीधिका कारण चालू आर्थिक वर्ष ०७६/७७ को परिषद् बस्न सकेको छैन । केही दलहरुको उस्काहटमा जनप्रतिनीधिहरुपनि बहकिँदा विकास निर्माणको काम अवरुद्ध भएको गाउँपालिका अध्यक्ष रामशरण दवले पत्रकार सम्मेलनमा बताए । उनले भने, ‘हामीसँग साधारणसभा गर्न स्पष्ट बहुमत छ, तर सबैलाई मिलाएर लाने भन्दाभन्दै साधारणसभा गर्न सकिएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण